ghar sansar

ईन्द्रा मध्यवर्ती सामुदायिक वनको अध्यक्षमा पुनः सुनार

दोधारा । ईन्द्रा मध्यवर्ती सामुदायिक बन दोधारा चाँदनीका अध्यक्षमा पुन: करन सुनार चयन भएका छन् । दोधारा चाँदनी नगरपालिका वडा नं. ५ स्थित ईन्द्रा मध्यवर्ती सामुदायिक बनका अध्यक्ष पदमा पुनः करन सुनार चयन भएका छन् ।

आइतबार सामुदायिक वन उपभोक्ताको बसेको भेलाले उपाध्यक्षमा दिवान चन्द, सचिवमा नैनसिंह भण्डारी र कोषाध्यक्षमा बिष्णा खत्री चयन गरेको हो ।

mantra hos123

यस्तै सदस्यमा जनक बुडाल, धौली साँउद, करन सिंह भण्डारी, भक्त बहादुर सुनार, जय बहादुर सुनार, राधा गुरुङ्ग र बल बहादुर बस्नेत गरि ११ सदस्यीय सामुदायिक उपभोक्ता समिति गठन गरिएको दोधारा चाँदनी नगरपालिका वडा नं. ५ का वडाध्यक्ष केशव खत्रीले बताएका छ ।

कार्यक्रममा राजनीतिक दल, जनप्रतिनिधि, वन उपभोक्ता समूहका सदस्य लगायतका सहभागी भएका छन् । कार्यक्रम सञ्चालन मेहन्द्र बिष्टले गरेका थिए ।

Himal dental
सम्बन्धित
Loading...