ghar sansar

दोधारा चाँदनीको सुन्दरनगरमा स्थानीयलाई खेत जोत्न फेरि भारतीय एसएसबीको अवरोध

पप्पु गुरुङ्ग
दोधारा । सुन्दरनगरमा भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले खेत जोत्नमा रोक लगाएको छ । दोधारांचाँदनी नगरपालिका वडा नं. ८ सुन्दरनगर नेपाल–भारत सीमा क्षेत्रमा रहेको स्थानीय ईन्द्र बहादुर रोकाया मगरको नाममा रहेको सेतो पुर्जा जग्गा जोत्दै गर्दा भारतिय सीमा सुरक्षा बल एसएसबीले रोक लगाएको हो ।

daimond public

शनिबार ईन्द्र बहादुर रोकाया मगरले आफ्नो खेत जोत्न लाग्दा भारतीय सीमा सुरक्षा बल एसएसबीले रोक लगाएको स्थानीयले बताए । भारतीय सीमा सुरक्षा बलले खेत जोत्न नपाएपछि ईन्द्र बहादुर मगरले स्थानीय प्रशासनलाई गुहार लगाएका थिए । भारतीय पक्षको जबरजतस्ती गरेको भन्दै स्थानीय आक्रोशित भएका छन् ।

lotus institite

विवाद भएपछि नेपाल तर्फका सुरक्षा अधिकारी विवाद स्थलमा पुगेका छन् । विवाद साम्य गर्न आज अपरान्ह ५ बजे दुबै देशका सुरक्षा अधिकारी सहित जनप्रतिनिधीका स्थानिय स्तरमा सीमा बैठक बस्ने भएको दोधारा चाँदनी नगरपालिका वडा नं. ८ का वडाध्यक्ष ओंम प्रकाश रोकायाले बताए ।

Himal dental
सम्बन्धित
Loading...