ghar sansar

जिफन्टको आठौं राष्ट्रिय महाधिवेशन काठमाडौंमा, कञ्चनपुरका ६ सहित देशभरबाट एक हजार प्रतिनिधि सहभागी हुने

महेन्द्रनगर । नेपाल ट्रेड युनियन महासंघ(जिफन्ट) को काठमाडौंमा हुने आठौं राष्ट्रिय महाधिवेशनको तयारी तीव्र पारिएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्ने महाधिवेशनको नारा श्रमजीवि वर्गको सम्मान र समृद्धिका लागि सुदृढ एवम् परिपूर्ण लोकतन्त्र भन्ने तय गरिएको छ ।

daimond public

साउन ७–१० गतेसम्म हुने महाधिवेशनमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ट्रेड युनियन महासंघ(आइटीयुसी) का नेताहरु सहभागी हुने भएका छन् । महाधिवेशनमा देशभरबाट एक हजार प्रतिनिधि सहभागी हुन लागेका छन् । कञ्चनपुरबाट महाधिवेशनमा सहभागी हुने प्रतिनिधि ६ जना छन् ।

lotus institite

नेपाल स्वरोजागर व्यापार श्रमिक संघका केन्द्रीय सचिव खडक बहादुर रोक्का मगरले महाधिवेशनमा श्रम संसार सम्बन्धी विभिन्न विषयमा छलफल हुने बताए ।

‘देश विदेशका मजदुर नेता सहित राजनीतिक दलका नेता सहभागी हुने छन्’ उनले भने,‘त्यसमा श्रम सम्बन्धी व्यापक छलफल हुनेछ ।’ महाधिवेशनबाट जिफन्टको नयाँ कमिटी पनि चयन गरिनेछ ।

Himal dental
सम्बन्धित
Loading...