दोधारा चाँदनीका मेयरलाई छाडा चौपाया व्यवस्थापनमा मध्यवर्ती क्षेत्रको अवरोध, भन्छन्– ‘मध्यवर्ती आर्शिवाद हो कि श्राप ’

पप्पु गुरुङ्ग
दोधारा । अहिले दोधारा चा“दनी नगरपालिकाका जनप्रतिनिधी छाडा पशुचौपाया नियन्त्रणमा रातदिन तल्लीन रहेका छन् । दोधारा चादनी नगरपालिका क्षेत्रमा छाडा पशु चौपायाले खेतीबाली नष्ट गर्न थालेपछि स्थानीय नियन्त्रणका लागि मेयरलाई दबाव दिदैं आएका छन् ।

दोधारा चा“दनी नगर क्षेत्रको चुनावी मुद्दा समेत रहेको छाडा पशुचौपाया व्यवस्थापनका लागि जनप्रतिनिधि रातदिन खटिदै आएका छन् ।

janjyoti campus

छाडा पशुचौपाया नियन्त्रण तथा ब्यवस्था निकै चुनौती समेत रहदै आएको हो । अहिले दोधारा चा“दनी नगरपालिकाका वडा नं. १, २, ४, ५, ७ मा रहेको सामुदायिक बनहरुमा छाडा पशुचौपाया नियन्त्रणका लागी निमार्ण गरिएको का“ञ्जी खोरमा छाडा पशुचौपायालाई राख्ने काम भईरहेको छ ।

छाडा पशु चौपायाले सताउन थालेको किसानको गुनासो सम्बन्धित वडा कार्यालय र नगरपालिका कार्यालयमा दिनहु पुगेपछि व्यवस्थापन तथा नियन्त्रणको निम्ती दोधारा चा“दनी नगरपालिका कार्यालयले अल्पकालिन तथा दिर्घकालिन योजना बनाउन थालेको बताईएको छ ।

सामुदायिक बनहरुमा छाडा पशुचौपाया नियन्त्रणको लागी काञ्जी निमार्ण गरे संगै शुक्लाफा“टा राष्ट्रिय निकुञ्ज मझगा“उले मध्यवर्ती सामुदायिक बनहरुमा छाडा चौपाया ब्यवस्थापन तथा नियन्त्रणको नाउमा बन क्षेत्रको प्रयोग नगर्न अनुरोध गरेको छ् । दोधारा चा“दनी नगरपालिकास्थित रहेको सामुदायिक बनहरुमा का“ञ्जी खोर बनाएर छाडा चौपाया राख्ने बिषयमा शुक्लाफा“टा राष्ट्रिय निकुञ्ज मझगाउले आफ्नो गम्भिर ध्यानआकर्षण भएको जनाएको छ ।

‘शुक्लाफाटा राष्ट्रिय निकुञ्ज अन्तर्गत दोधारा चा“दनी नगरपालिकामा अवस्थित मध्यवर्ती सामुदायिक बनहरुमा छाडा चौपाया ब्यवस्थापन गर्न सामुदायिक बन क्षेत्र प्रयोग गर्ने भन्ने बुझिन आएकोले यस कार्यालयको गम्भिर ध्यानआकर्षण भएको छ ।

सामुदायिक बनहरुमा जुन प्रयोजनको लागि हस्तान्तरण गरिएको हो सो भन्दा बाहिर गई मध्यवर्ती सामुदायिक वनको विधान, कार्य योजना, बिपरित कार्य नगर्न÷नगराउन हुन मध्यवर्ती सामुदायिक वनले आफ्नो विधान कार्य योजना विपरित कार्य वा कानुन बर्खिलाप कुनै पनि कार्य गरेको भेटिएमा मध्यवर्ती क्षेत्र व्यवस्थापन नियमावली २०६२ राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ बमोजिम कार्वाही समेत हुने ब्यवहोरा जानकारीको लागि अनुरोध छ’ शुक्लाफा“टा राष्ट्रिय निकुञ्ज मझगा“उको परिपत्रमा उल्लेख छ ।

छाडा पशुचौपाया नियन्त्रणको लागी सामुदायिक बनहरुमा ब्यवस्थापनको गर्न निकुञ्जको आपत्ती प्रति दोधारा चा“दनी नगरपालिकाका नगर प्रमुख किशोर कुमार लिम्बुले आपत्ति जनाउँदै नगरपालिकालाई मध्यवर्ती अर्थात बफरजन आर्शिबाद कि, श्राप भनेका छन् ।

नगर प्रमुख लिम्बुले मध्यवर्तीकै कारण केही दिन अघि मात्रै महाकाली नदी तटबन्धको स्तोत्तरउन्नी तथा मर्मत हुन नसकेको समेत बताए ।

पशुचौपाया ब्यवस्थामा निकुञ्ज कार्यालयले समस्या पारेको उनको भनाई रहेको छ । ‘दुई महिना अघि बफरजोनको कारणले महाकाली नदिको तटबन्ध (बन्दा) को स्तर उन्नती तथा मर्मत हुन सकेन् । आज फेरि छाडा चौपाया व्यवस्थापनमा पनि समस्या ।

स्थानिय सरकार के आरक्षको कार्यालयबाट सञ्चालन हुनु पर्ने हो ? हाम्रो नगरपालिको लागि बफरजोन आर्शिवाद कि श्राप ?’ दोधारा चा“दनी नगरपालिकाका नगर प्रमुख किशोर कुमार लिम्बुले आफ्नो सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् ।

ghar sansar
सम्बन्धित
Loading...