नदीमा हाम फालेकी महिलाको उद्धार, अस्पताल भर्ना

महेन्द्रनगर । कृष्णपुर नगरपालिका स्थित मछेली नदीमा हाम फालेकी २५ वर्षीया महिलाको सोमबार उद्धार गरिएको छ । गुलरियाकी लक्ष्मी जोशीलाई नदीमा अर्धनग्न अर्धचेतन अवस्थामा स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका हुन् । प्रहरीले महिलाको उद्धार गरी उपचारका लागि बाणी स्थित अस्पतालमा भर्ना गरेको छ ।

इलाका प्रहरी कार्यालय गुलरियाका वरिष्ठ प्रहरी नायब निरीक्षक राधाकृष्ण नाथका अनुसार जोशी अहिले होसमा आइसकेकी छन् । उनका अनुसार महिलाका श्रीमान्ले मदिरा सेवन गरी घरमा तनाव दिने गरेका कारण उनले नदीमा हाम फालेकी बताएकी छन् । उद्धार गरिएकी महिलालाई परिवारको जिम्मा लगाइने प्रहरीले बताएको छ ।

सम्बन्धित
Loading...