ghar sansar

दोधारा चाँदनीको सुन्दरनगरमा भारतीय एसएसबीले खनजोतमा अवरोध गरेपछि उत्पन्न विवाद साम्य

little buddha academy
khasi

पप्पु गुरुङ्ग
दोधारा । सुन्दरनगरमा भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले खेत जोत्नमा रोक लगाएको छ । दोधारा चाँदनी नगरपालिका वडा नं. ८ सुन्दरनगर नेपाल–भारत सिमा क्षेत्रमा रहेको स्थानिय ईन्द्र बहादुर रोकाया मगरको नाउमा रहेको सेतो पुर्जा जग्गा जोत्दै गर्दा भारतिय सिमा सुरक्षा बल एसएसबीले झण्डै २ कट्टा जग्गामा रोक लगाएको हो ।

dirghayi clinic

शनिवार ईन्द्र बहादुर रोकाया मगरले नेपाल–भारत सिमा स्तम्भ नं. १६ र १७ को बिचमा पर्ने आफ्नो खेत जोत्न लाग्दा भारतिय सिमा सुरक्षा बल एसएसबीले रोक लगाएको स्थानियहरुले बताएका छन् । भारतिय सिमा सुरक्षा बलले खेत जोत्न नपाएपछि ईन्द्र बहादुर मगरले स्थानिय प्रशासनलाई गुहार लगाएका थिए ।

,orning glory badhai

भारतिय पक्षको दादागिरी भन्दै स्थानियहरुले बिरोध जनाएका छन् । बिबाद भएपछि नेपाल तर्फका सुरक्षा अधिकारी बिबाद स्थलमा पुगेका थिए ।

यसै बिच, उक्त विवादका विषयमा सोमबार अपरान्ह दुवै देशका सुरक्षा अधिकारी सहित जनप्रतिनिधिहरु बिच स्थानीय स्तरमा बैठक बसी छलफल गरिएको सशस्त्र प्रहरीको शैलेश्वरी गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक अमर ऐरले जानकारी दिएका छन् । उनका अनुसार, हाललाई सीमा पिल्लर देखि दुवै तर्फ दुई–दुई मिटर सम्म कुनै पनि गतिविधि नगर्ने सहमति भएको छ ।

Himal dental
सम्बन्धित
Loading...