ghar sansar

सृजनशील सहकारीले चान्देउमा पनि खोल्यो शाखा, वडा अध्यक्ष जोशीले गरे उद्घाटन

khasi

महेन्द्रनगर । सृजनशिल बचत तथा ऋण सहकारी संस्था लिमिटेड झलारीको लालझाडी गाउँपालिका ६ चाँन्देवमा बिहीवार बचत संकलन केन्द्रको उद्घाटन गरिएको छ ।

सहकारीका अध्यक्ष शिवराज भट्टको सभापत्विमा उद्घाटन गरिएको कार्यक्रममा वडा अध्यक्ष हर्कनारायण जोशी प्रमुख अतिथि रहनु भएको थियो । वडा अध्यक्ष जोशीले केन्द्रको उद्घाटन गरेका थिए । उद्घाटन कार्यक्रममा वडा अध्यक्ष जोशीले बचत गर्ने बानिले भाविष्य उज्जल हुने भएको बताए ।

Anant bahu travels

व्यवसायी, उद्यमी, व्यक्ति सबैलाई बचत गर्ने बानीले सघाउने बताए । रामेश्वर माविका प्रद्यानाअध्यापक रामप्रसाद जोशीले सहकारीले बचत संकलन केन्द्र खोले पछि यस क्षेत्रको आर्थिक गतिविधिमा सुधार हुने अपेक्षा गरे ।

चान्देव बजार व्यवस्थापन समितिका अध्यक्ष खुसिराम डगौराले बजार क्षेत्रका व्यवसायीको आर्थिक उन्नतिमा यस सहकारी संस्थाले महत्वपूर्ण योगदान पुरयाउने बताए ।

सहकारीले व्यवसायीको आर्थिक उन्नतिमा टेवा पुरयाउन लगानी गर्नु पर्ने उनको धारणा थियो । सहकारीका अध्यक्ष शिवराज भट्टले जिल्लाका ९ ओटै स्थानिय तहमा सहकारीको उपस्थिति रहेको चर्चा गर्नु हुँदै उनले आर्थिक रुपमा विपन्न रहेका व्यक्तिहरुको जीवनस्तर उकास्नमा मद्दत पुरयाउने उद्देश्य राखेको बताए ।

सहकारीका सचिव खगेन्द्रप्रसाद पाण्डेयले सहकारीको आर्थिक गतिविधि र विकासक्रमका बारेमा कार्यक्रमा जानकारी गराए । सहकारीका बारेमा जानकारी गराउँदै उनले सहकारीमा हाल सम्म १६ हजार १ सय ७ जना आवद्ध रहेको बताए ।

dirghayi clinic

२५ जना झलारीका जागरुक युवाहरुको सहभागीतामा एक लाख ३२ हजार शेयरपूँजी सहकारी संस्था सञ्चालन गरिएको उल्लेख गर्दै उनले सहकारीको शेयरपूँजी चार करोड १२ लाख पुगेको बताए ।

सहकारीमा ४२ लाख बचत, कुल कर्जा लगानी ७५ करोड र कृषि क्षेत्रमा मात्रै कर्जा लगानी २५ करोड रहेको जानकारी गराए । उनका अनुसार सहकारीको गत आवको नाफा दुई करोड रहेको छ । सहकारीबाट ऋण लिई छ हजार जनाले विभिन्न किसिमको व्यवसाय, कारोवार गर्दै आएका छन् । सहकारीमा हालसम्म सेवा केन्द्र १०, कर्मचारी ५८ जना कार्यरत छन् ।

सहकारीले रेमिटान्स,जीवन बीमा लगायतका कार्यक्रम सञ्चालन गर्दै आएको छ । किसान परियोजनासंग सहकार्य गरी सहकारीले चार हजार जनासम्म कार्यक्रम पुरयाएको छ ।

सहकारीका सिद्धान्तमा आधारित रहेर सहकारीले वित्तीय सेवा समेत उपलब्ध गराउँदै आएको छ । कार्यक्रमको सञ्चालन सहकारीका सदस्य पुष्पराज भट्टले गरेका थिए ।

कार्यक्रममा सहकारीका केन्द्रिय कार्यालयका प्रमुख मदनराज भट्ट, प्रवन्धक भुवनेश्वरी भट्ट कोषाध्यक्ष मोनिका भण्डारी भट्ट, सहकारीका सदस्य चेतराज भट्ट, सहकारीका शाखा कार्यालयका प्रमुख, कर्मचारी, स्थानिय व्यवसायी, व्यापारी, बैंक तथा वित्तिय संस्थाका प्रतिनिधि, शिक्षक, स्वास्थ्यकर्मी लगायतका सहभागी भएका छन् ।

 

Himal dental
सम्बन्धित
Loading...