
महेन्द्रनगर । सत्ता साझेदार नेकपा एकीकृत समाजवादीका सुदूरपश्चिम प्रदेश कमिटी सदस्य लगायतका नेताहरु नेकपा एमाले फर्किएका छन् । एमालेको घर फर्क अभियान अन्र्तगत उनीहरुलाई स्वागत गरिएको छ । एमाले विभाजन भएपछि उनीहरु गत भदौमा समाजवादी भएका थिए ।
एमाले फर्किएका उनीहरुलाई एमाले जिल्ला अध्यक्ष सुरेन्द्र विष्ट, उपाध्यक्ष लक्ष्मी बुढा, उप सचिव फैरु तामाङ्ग, कृष्णपुर नगर इन्चार्ज लोकेन्द्र प्रसाद पन्त र नगर अध्यक्ष गणेश सिंह ऐरी लगायत नेताले स्वागत गरेका छन् ।
एमाले फर्किनेमा समाजवादीका प्रदेश कमिटी सदस्यद्वय गोरख नेपाली र चम्फा देवी खड्का छन् । समाजवादीका जिल्ला कमिटी सचिवालय सदस्य प्रदिप चौधरी, जिल्ला कमिटी सदस्यद्वय टंक बहादुर खड्का, मन्जु नेपाली एमाले फर्किएका छन् । नेपाली स्थानीय तह निर्वाचनमा समाजवादीबाट कृष्णपुर नगरपालिकामा उप मेयरको उम्मेदवार थिइन् ।
समाजवादीका कृष्णपुर नगर कमिटी अध्यक्ष दिवान कार्कीले पनि समाजवादी छाडेर एमाले फर्किएका छन् । समाजवादीका नगर कमिटी सचिवालय सदस्य मिना नेपाली, नगर कमिटी सदस्य योगेश्वरी कडायत धामी, बलबिर सार्की, नवीन चौधरी, कृष्णपुर नगरपालिका ५ नम्बर वडा कमिटी अध्यक्ष अशोक कुश्मी, वडा सचवि दिपक राज जोशी र सदस्य तेज थारु लगायतका नेता एमाले फर्किएका छन् ।
