ghar sansar

भीमदत्त १८ मा एमालेको नयाँ वडा कमिटी चयन, अध्यक्षमा विवेक भट्ट

khasi

महेन्द्रनगर । नेकपा (एमाले) भीमदत्त नगरपालिका वडा नं. १८ को वडा कमिटी अध्यक्षमा विवेक भट्ट चयन भएका छन् । वडा कमिटीको भेलाबाट बुधबार भट्टको अध्यक्षतामा वडा कमिटी चयन गरिएको छ । अध्यक्ष भट्ट यस अघि कमिटीमा सचिव थिए । 

कमिटीको उपाध्यक्षमा गजेन्द्र नारायण सरदार, सचिव प्रकाश देवकोटा, उप सचिव देब कुमारी चौधरी र सन्देश क्षेत्री चयन भएका छन् ।

Anant bahu travels
dirghayi clinic

कमिटीको सदस्यमा बिक्रम श्रेष्ठ, सीता चौधरी, लहानु चौधरी डगौरा, फुल कुमारी डगौरा, चन्द्रकान्त पन्त, अर्जुन पाण्डेय, सन्तोस रिमाल, बासुदेब भट्ट, कुशुमराज गिरी, मन्दिर भण्डारी, दामोदर धामी, ईश्वरी थारु, हरजित नाथ, राजेश चौधरी, बाबु सार्की र लोकराज खुना छन् ।

कमिटीका निवर्तमान अध्यक्ष उपाध्यक्ष लगायतका पदाधिकारीलाई माथिल्लो कमिटीमा मनोनितका लागि सिफारिश गर्ने निर्णय गरिएको छ ।

भेलामा एमाले नेता शंकरदत्त जोशी लगायतका नेता सहभागी भएका छन् ।

Himal dental
सम्बन्धित
Loading...