महेन्द्रनगर । सुदूरपश्चिमका अग्रज पत्रकार खेम भण्डारीले राष्ट्रिय स्वतन्त्र पार्टीका संयोजक रवि लामिछानेसंग चुनाव लड्ने घोषणा गरेका छन् । उनले सामाजिक सञ्जाल फेसबुकबाट लामिछाने लड्ने क्षेत्रबाटै ससदीय चुनाव लडने घोषाणा गरेका हुन् ।
उनले भनेका छन्, ‘अन्ततः रवि लामिछाने विरुद्ध संघीय चुनाव लड्ने निर्णयमा पुगियो ! नेपालको जुन निर्वाचन क्षेत्रमा रवि लडे पनि मेरो उम्मेदवारी रहन्छ,’ मेरो दावी छ रविले निर्मलाका हत्यारा र मतियारलाई उन्मुक्ती दिन मिडियाको दुरुपयोग गरे। पुडासैनी प्रकरणमा उनले सफाइ पाउनु पनि यहि कारण हो। होइन भने, मर्न लागेको मान्छेको बयानलाइ इन्कार गर्ने क्रिमिनल ल कहाँ छ ?
विगतमा समेत निर्मलाको हत्यामा ‘भीआईपी’को हात रहेको दाबी गर्दै आएका भण्डारीले रवि लामिछानेले भीआईपीलाई बचाउन खोजेको आरोप पनि लगाएका छन् ।