ghar sansar

रवि लामिछानेको दावी : यस पटक बहुमत, अर्को पटक दुई तिहाई

khasi

महेन्द्रनगर । राष्ट्रिय स्वतन्त्र पाटीका केन्द्रीय संयोजक रवि लामिछानेले आगामी निर्वाचनमा बहुमत ल्याएर सरकार बनाउने दावी गरेका छन् । स्वतन्त्र पार्टीको कञ्चनपुर भेलामा उनले आगामी निर्वाचनमा बहुमत र त्यसपछि अर्को पटक दुई तिहाईको सरकार बनाउने बताएका हुन् ।

dirghayi clinic

भेलामा राजनीतिक दल र नेता विरुद्ध आक्रामक देखिएका उनले आफूले अहिले बढेको बेथिति २४ घण्टाभित्रै रोक्न बताए । ‘जहाँ पनि बेथितिले घेरिएको छ, मुलुकलार्ई यो चुङ्गोलबाट मुक्त गराउने पार्टीको सलल्ल्प छ’ उनले भने, ‘म जहाँ रहन्छु, अन्याय, बेथिति विरुद्ध बोलि रहन्छु, नागरिकका समस्या थुप्रै छन, ती समस्या समाधान हल गर्छु ।’

अहिलेसम्म नेताहरु आफ्नो बोलेको भन्दै उनले आफू देश बिगार्ने काममा नलाग्ने उल्लेख गर्दै भने, ‘अहिलेसम्म आफ्नै लागि बोले, हजारौँ युवाका लागि बोलेन, सरकारमा गएपछि स्वदेशमै रोजगारी नभए विदेशमा श्रम सुरक्षित बनाउँछु ।’

Himal dental
सम्बन्धित
Loading...