
रवि लामिछानेले पनि खोसे एमालेकै नेता, एमालेका पूराना नेता विष्ट बने स्वतन्त्र पार्टीको जिल्ला सभापति
महेन्द्रनगर । पत्रकारिता छाडेर राष्ट्रिय स्वतन्त्र पार्टी खोलेका रवि लामिछानेले पनि नेकपा एमालेका नेतालाई आफ्नो पार्टीमा लगेका छन् । स्वतन्त्र पार्टी कञ्चनपुरको जिल्ला भेलाबा पदम बहादुर विष्टलाई जिल्ला सभापति चयन गरिएको छ ।
भानु पार्टी प्यालेशमा गरिएको भेलाबाट एमालेमा बहुदल पुनस्र्थापनपछि सक्रिय नेता विष्टलाई नेतृत्व दिइएको छ । भीमदत्त नगरपालिका ३ का विष्ट स्थानीय तह निर्वाचनमा एमाले उम्मेदवार जिताउन सक्रिय रुपमा लागेका थिए ।

भेलालाई स्वतन्त्रका अध्यक्ष लामिछानेले सम्बोधन गरेका छन् । भेलाबाट जिल्ला भेलासंगै भीमदत्त र बेदकोटको नगर समिति पनि चयन गरिएका छन् ।
भीमदत्त नगरको सभापतिमा शिवराज भट्ट र बेदकोट नगर सभापतिमा डम्बर भट्ट चयन गरिएका छन् । भीमदत्तको उप सभापतिमा पार्वती भट्ट, सचिव दिपक पाण्डे, सदस्य दान बहादुर चन्द, नरेश विसी, लक्षमीराम पार्की छ ।
यसैगरी बेदकोट नगर उप सभापतिमा भागरथी कडाल, सचिव माधवराज जोशी, सदस्य गिता लुहार, लोकराज पन्त, दल बहादुर कुँवर, डम्बर सिह धामी, नरी प्रशाद भट्ट छन् ।
