ghar sansar

शुक्लाफाँटामा वडा अध्यक्षले बाँडे आफ्नो सुविधाबाट विद्यार्थीलाई ‘राइटिङ टयाबलेट’

khasi

महेन्द्रनगर । शुक्लाफाँटा नगरपालिका–८ का वडाध्यक्ष बहादुरसिंह महराले नगरपालिकाबाट पाउने सेवा सुविधा खर्चेर विद्यार्थीलाई ‘एलसिडी राइटिङ ट्याबलेट’ वितरण गरेका छन् । वडामा रहेको बैजनाथ आधारभूत विद्यालयका ३० जना विद्यार्थीलाई उनले ‘एलसिडी राइटिङ ट्याबलेट’ वितरण गरेका हुन् ।

असारको पदाधिकारी पारिश्रमिक बापत नगरपालिकाबाट उपलब्ध हुने २२ हजार ५ सय रूपैयाँ खर्चेर महराले विद्यालयको बालविकासमा पढ्दै गरेका ४ र कक्षा १ मा पढदै आएका २६ जना विद्यार्थीलाई ट्याबलेट वितरण गरेका हुन् ।

dirghayi clinic

‘विद्यालयलाई प्रविधिमैत्री बनाउन ट्याबलेट वितरण गरेका छौं‚’ उनले भने, ‘आधारभूत तहका विद्यार्थीलाई कापीमा लेख्न समस्या हुने र ट्याबलेटमा लेखनका लागि निकै सहज हुने भएकाले यसको व्यवस्था मिलाएको हुँ ।’

युग सुहाउँदो शिक्षा आजको आवश्यकता रहेको चर्चा गर्दै उनले वडामा रहेका विद्यालयमा गुणस्तरीय शिक्षाका लागि कार्यक्रम अगाडि बढाउन लागेको बताए। विद्यालयमा भौतिक पूर्वाधार निर्माण, फर्निचरको व्यवस्था र कम्प्युटर ल्याब निर्माण अगाडि बढाइएको छ ।

‘जनप्रतिनिधले जनताप्रति उत्तरदायी हुनु पर्छ‚’ उनले भने, ‘त्यसका लागि त्याग गर्न सिक्नु पर्छ । जनताको करबाट पाइने पारिश्रमिक जनताकै सामाजिक कार्यका लागि खर्च गर्ने मेरो योजना रहेको छ।’ वडाभित्रका सबै विद्यालयलाई प्रविधिमैत्री बनाउन जोड दिएको उनको भनाइ छ ।

Himal dental
सम्बन्धित
Loading...