दोधारा चाँदनीमा किसानलाई प्लाष्टिक टनेल वितरण

दोधारा । दोधारा चाँदनी नगरपालिका– १० का किसानलाई प्लाष्टिक टनेल वितरण गरिएको छ । तरकारीमा आत्मनिर्भर बनाउन र कृषकलाई व्यवसायिक बनाएर उत्पादन वृद्धि गरिने उद्देश्यले १० जना किसानलाई प्लाष्टिक टनेल वितरण गरिएको वडा अध्यक्ष चन्द्र बहादुर सिहले जानकारी दिएका छन् ।

टनेल पाउने कृषकले अनिवार्य रुपमा तरकारी उत्पादन गर्नु पर्नेछ । तरकारी खेतीबाट राम्रो आम्दानी गर्न सकिने भएकाले कृषकलाई बढी भन्दा बढी बेमौसमी तरकारी उत्पादनमा जोड दिनका लागि टनेल वितरण गरिएको वडा अध्यक्ष सिंहले बताए ।

janjyoti campus

वडा अध्यक्ष सिंहको पहलमा बितरण गरिएको प्लाष्टिक टनेल.सही प्रयोग भए नभएको अनुगमन गरिने समेत बताईएको छ । टनेल वितरण कार्यक्रममा जनप्रतिनिधि, किसान लगायत सहभागी भएका छन् ।

यो वडा कृषि उत्पादनका लागि राम्रो मानिन्छ । तरकारी खेतीमा संलग्न किसानलाई वेमौसमी तरकारी खेती गर्नमा सहयोग पुगोस भन्ने सोचका साथ टनेल वितरण गरिएको हो ।

धनसरी मटवाला, भुपेन्द्र बुढा क्षेत्री, गोरे रोकाया, एन बहादुर सुनार, बिर बहादुर खड्का, दिनेश सुनार, नैना देबी थापा, प्रबिज खड्का, सानु सिंह, मन बहादुर भण्डारीलाई प्लाष्टिक टनेल पाएका छन् ।

वडा सदस्य धन बहादुर थापाले टनेलबाट किसान उत्साहित भएको बताए । ‘बेमौसमी तरकारी खेती गर्ने कृषकलाई प्रोत्साहन गर्नको लागी प्लाष्टिक टनेल वितरण गरिएको छ’ उनले भने ।

ghar sansar
सम्बन्धित
Loading...