महेन्द्रनगर । बेदकोट नगरपालिका ४ स्थित सार्की टोलमा चौधर नदीले कटान गर्न थालेपछि वासिन्दालाई सार्न थालिएको छ । सशस्त्र प्रहरीको सहयोगमा टोलका वासिन्दालाई सुरक्षित स्थानमा लैजान थाललिएको छ । नदीले स्थानीय कृष्ण भुलको घर बग्ने अवस्थामा पुगेपछि सारिएको छ । अन्य घर पनि जोखिममा छन् ।
नदीले कटान तीव्र बनाएपछि सशस्त्र प्रहरी उद्धारमा खएिको छ । सशस्त्र प्रहरी बल ३५नम्बर शैलेश्वरी गण झलारीका सशस्त्र प्रहरी उद्धारमा खटिएका छन् ।
चौधर नदीको बाढी वस्तीमा पसेपछि दर्जनौँ घर जोखिममा परेका छन । बुधबार बिहान ९ बजेसम्म भुलको परिवार विस्थापित भएको छ । स्थानीय अगुवा राजुराम सार्की(भुल)ले कृष्ण भुलको खेतर्संगै घरसम्मै नदीले कटानी गरेपछि उनको परिवार समस्यामा परेको बताए ।
कृष्णसंगै धनगिरी भुल, गेरे सार्की, धुव्र पार्की, मोहन भुल, हरिस भुल, सहितको खेतीयोग्य भूमि कटानी भईरहेको छ । ‘एकातिर चौधर नदीले कटानी गरेको छ, अर्कातिर गाँउ बस्तीसम्मै कटानी हुँदा स्थानीय विस्थापित भएका छन, ‘उनले भने, ‘नदी नियन्त्रणको काम नहुँदा सार्कीपार्की टोलले विपद सहनु परेको छ ।’
उनका अनुसार मंगलबार रातीदेखि चौधर नदीमा वाढी आएसंगै सार्कीपार्की टोल जोखिममा परेको छ । ‘बर्षा भयो की नदी गाँउ नै पस्छ, ‘उनले भने, ‘यो वाढी कटानीको उच्च जोखिमा रहेको ठाँउ हो, तर पनि तटबन्ध निर्माणका लागि सरकारी निकाय उदाशिन देखिन्छ ।’
फोटो सौजन्य : राजुराम भुल श्रीकोटी