ghar sansar

उद्योग बाणिज्य संघको नव निर्वाचित समितिको पदस्थापन, अध्यक्ष जोशी भन्छन्– उद्यमी व्यवसायीको हकहितका लागि सधै सक्रिय हुन्छु

महेन्द्रनगर । कञ्चनपुर उद्योग वाणिज्य संघका नव निर्वाचित पिताम्बर जोशीले बुधबार पद तथा गोपिनयताको शपथ लिएर पदभार ग्रहण गरेका छन् । उद्योग बाणिज्य तथा आपुर्ति मन्त्री दिलेन्द्र प्रसाद बडुको प्रमुख आतिथ्यमा गरिएको कार्यक्रममा अध्यक्ष सहित नव निर्वाचित समितिका पदाधिकारी र सदस्यले शपथ लिएर पदभार ग्रहण गरेका हुन् ।

कार्यक्रममा संघका निवर्तमान अध्यक्ष जङ्ग बहादुर मल्लले नव निर्वाचित अध्यक्ष जोशीलाई शपथ खुवाएका थिए । त्यसपछि जोशीले अन्य पदाधिकारी र सदस्यलाई शपथ खुवाए । प्रमुख निर्वाचन आयुक्त पूर्ण बहादुर चन्दले निर्वाचित पदाधिकारी र सदस्यलाई प्रमाण पत्र वितरण गरे ।

lotus institite
daimond public

संघको १७ औं कार्यकारिणी समितिको गत असार २५ गते सम्पन्न निर्वाचनबाट जोशीको अध्यक्षतामा नयाँ समिति निर्वाचित भएको थियो । संघको विधानमा निर्वाचित अध्यक्षलाई निवर्तमानले पद तथा गोपनियताको शपथ खुवाउने प्रावधान छ ।

कार्यक्रममा अध्यक्ष जोशीले उद्यमी व्यवसायीको हकहितका लागि आफू सधैं सक्रिय रुपमा लाग्ने बताए । उनी यस अघि संघमा वरिष्ठ उपाध्यक्ष थिए ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्र प्रशाद बडूको प्रमुख आथित्यमा संचालन भएको कार्यक्रमको संचालन महासचिव खगेश्वर बोहराले संचालन गरेका थिए ।

वाणिज्य संघका अध्यक्ष पिताम्बर जोशीको अध्यक्षतामा भएको कार्यक्रममा संघीय, प्रदेश सरकारका मन्त्री संसद, स्थानीय तहका प्रतिनिधी , वाणिज्य संघका पदाधिकारी, राजनीतिक दलका नेता कार्यकर्ता उद्योगी, व्यवसायी सहभागी भएका छन् ।

Himal dental
सम्बन्धित
Loading...