ghar sansar

संघ र प्रदेशको निर्वाचन मंसिर ४ मा

महेन्द्रनगर । सरकारले प्रतिनिधि र प्रदेशसभाको निर्वाचनको मिति घोषणा गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले मंसिर ४ गते एकै चरणमा गर्ने गरी संघ र प्रदेशको निर्वाचनको मितिबारे निर्णय गरेको हो ।

सत्ता गठबन्धनका शीर्ष नेताहरुको बैठकले आगामी मंसिर ४ गते निर्वाचन गर्ने सहमति भएको थियो। त्यही सहमतिअनुसार सरकारले चुनावको मिति घोषणा गरेको हो ।

गठबन्धनको सुझाबअनुसार सरकारले आज चुनावको मिति तोकेको शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले थाहाखबरलाई जानकारी दिए । निर्वाचन आयोगले गरेको सिफारिस अनुसारको समयसीमा कटेको दुई सातापछि सरकारले निर्वाचनको मिति घोषणाको गरेको हो । 

प्रधानमन्त्री देउवाले निर्वाचन घोषणाबारे प्रमुख प्रतिपक्षी दल एमाले, सभामुख र कानुनविद्लगायत सरोकारवालासँग यसअघि नै परामर्श गरिसकेका थिए । उनले गत मंगलबार मन्त्री र सचिवलाई बोलाएर चुनावको मिति छिट्टै घोषणा हुने भन्दै तयारीमा लाग्न निर्देशन दिएका थिए ।

Himal dental
सम्बन्धित
Loading...