ghar sansar

पल्लवमाथि फेरि प्रहार, नक्कली आइडीले काम नगरेपछि वेनामे पत्रको सहारा

dirghayu ad

महेन्द्रनगर । स्थानीय तह निर्वाचनमा रोकिएका एमाले कञ्चनपुरका सचिव पल्लवराज भट्टलाई फेरि आगामी निर्वाचनमा उम्मेदवार हुन नदिन योजनावद्ध प्रचार थालिएको छ । स्थानीय तह निर्वाचनमा उम्मेवार हराउन विपक्षी दलसित साँठगाँठ गरिएको सहित विभिन्न आरोप लगाएर यस पटक उनलाई फेरि रोक्ने प्रयास गरिएको हो ।

सचिव भट्टलाई विभिन्न लाञ्छना लगाएको बेनामे पत्र जिल्ला अध्यक्षसम्म पुगेको छ । त्यस पत्रमा लगाइएका लाञ्छनाको सचिव भट्टले प्रेस वक्तव्य सार्वजनिक गरी खण्डन गरेका छन् ।

ratnam malkhad

‘हुन त यस्ता वेवारिशे पत्रको जवाफ दिन आवश्यक थिएन, तर पार्टीको जिम्मेवार पदमा रहेकाले पार्टीका निष्ठावान कार्यकर्ता,समर्थक, शुभ चिन्तक र आम जन समुदायमा भ्रम सिर्जना भई रहेको र पत्रकारहरुले समेत चासो दिइ राखेकाले त्यहाँ लेखिएका विषयमा प्रष्ट पार्न यो वक्तव्य जारी गरेको छु’ भट्टले जारी वक्तव्यमा भनिएको छ ।

एमाले कञ्चनपुरको आठौ जिल्ला अधिवेशनबाट सचिवमा निर्वाचित भट्ट स्थानीय तह निर्वाचनमा बेलौरी नगरपालिकाको मेयरमा उम्मेदवार थिए । अघिल्लो निर्वाचनमा झिनो मत अन्तरले पराजित भएका उनलाई रोकेर कमला बोहरालाई उम्मेदवार बनाइएको थियो । एमालेको जिल्ला कमिटीको सिफारिशमा नपरेकी बोहरा दुई हजार मत अन्तरले चुनाव हारेकी थिइन् । एमाले अध्यक्ष केपी शर्मा ओलीसंग पहुँच भएकी उनलाई बालकोट बोलाएर टिकट दिइएको थियो । बोहरालाई जिताउन अध्यक्ष ओली आफैं बेलौरी आएका थिए ।

मेयरमा बोहरा हारेपछि त्यसको सबै दोष भट्टमाथि लगाउन थालिएको थियो । बोहरा आफैंले पनि भट्टलाई लक्षित गरी फेसबुकमा ठेक्कापट्टा र कमिसन खाने नेताको आरोप लगाएकी थिइन् । उनी बाहेक आठौं अधिवेशनमा निवर्तमान अध्यक्ष बीर बहादुर थापा समूहका नेता कार्यकर्ता भट्ट विरुद्ध देखिएका थिए ।

‘आठौं अधिवेशनमा चुनाव हार्ने समूह जसरी पनि निर्वाचितलाई कमजोर बनाउने गरी हिँडेको छ, त्यसका लागि यो सब काम भई रहेको छ’ एमालेका एक सुदूरपश्चिम प्रदेश कमिटी सदस्यले भने,‘यो राम्रो होइन, यसले पार्टीलाई राम्रो गर्दैन ।’

एमाले सचिव भट्टले बोहराले चुनाव हारेपछि लगाएको आरोपको पनि अहिले प्रेस वक्तव्यमा खण्डन गरेका छन् । उनले आफूमाथि अनर्गल प्रचार गरिएकालेमा आपत्ति जनाएका छन् ।

एमाले जिल्ला अध्यक्षसम्म पुगेको वेनामे पत्रमा स्थानीय तह निर्वाचनका क्रममा भट्ट र नेकपा माओवादी केन्द्रकी साँसद विना मगरबीच १ सय ६७ पटक कुराकानी भएको पनि पत्रमा उल्लेख गरिएको छ । भट्टले भने अध्यक्ष ओली बेलौरी आएको दिन बाहेक साँसद मगरसित कुरा नभएको उल्लेख गरेका छन् । एमालेका एक नेताले केही दिन अघि भट्ट डिटेल निकालेर बालकोटसम्म पुगाएको बताएका थिए ।

सचिव भट्टमाथि साँसद मगरलाई आफ्नो घरमा बोलाएर डिल गरिएको पत्रमा उल्लेख गरिएको छ । भट्टले त्यसलाई अस्वीकार गरी दुष्प्रचार गरिएको सार्वजनिक गरेका छन् ।

विद्यार्थीदेखि एमाले राजनीतिक सक्रिय भट्ट आगामी निर्वाचनमा प्रदेश साँसदका आकाँक्षी छन् । भट्टलाई उम्मेदवार हुन नदिन एमाले अध्यक्ष ओलीसम्म लबिङ्ग थालिएको छ । सीमा अतिक्रमण विरुद्ध सक्रिय उनी तीन दशक बढीदेखि राजनीतिमा छन् ।

भट्ट विरुद्ध यस अघि नक्कली फेसबुक आइडी बनाएर प्रचार गर्न थालिएको छ । उनले साइबर क्राइममा मुद्दा चलाउने चेतावनी दिएपछि बेनामे पत्रको सहारा लिइएको छ । प्रेस वक्तव्यमा भट्टले आफूमाथि योजनाबद्ध रुपमा गरिएका दुष्प्रचार उल्लेख गरेका छन् ।

Himal dental
सम्बन्धित
Loading...