
पर्यटन मन्त्रालय उप सचिव घुस सहित समातिएपछि एकीकृत समाजवादीका नेता पन्त भन्छन्– सरकार र मन्त्रीले क्षमा माग्दै वक्तव्य निकाल्नु पर्छ


महेन्द्रनगर । नेकपा एकीकृत समाजवादीका स्थायी कमिटी सदस्य उर्वादत्त पन्तले पर्यटन मन्त्रालयका उप सचिव प्रमोद नेपाल घुस सहित पक्राउ परेपछि सरकार र मन्त्रीले क्षमता माग्दै स्पष्टीकरण सहित वक्तव्य सार्वजनिक गर्नु पर्ने बताएका छन् । उनले घुस प्रकरणमा गम्भीर हुन राजनीतिक दललाई समेत ध्यानाकर्षण गराएका छन् ।

नेता पन्तले संघीय मन्त्रालयमा उच्च पदस्थ अधिकारी घुस प्रकरणमा संलग्न देखिनु गम्भीर विषय भएको उल्लेख गर्दै घुस लिने र सेवाग्राहीलाई अनावश्यक दुःख दिने नियत नियन्त्रण हुनु पर्नेमा जोड दिएका छन् । मन्त्रालय, मन्त्री र मन्त्रीको सचिवालयमा उजुरी वा गुनासो आउने व्यवस्था गरी तत्काल सार्वजनिक आव्हान गर्न माग गरेका छन् ।


