ghar sansar

भीमदत्त नगर सहकारी सञ्जालले राख्यो कञ्चनपुरका लागि मलखादको कोटा बढाउनु पर्ने माग

dirghayu ad

महेन्द्रनगर । भीमदत्त नगर सहकारी सञ्जालले सुदूरपश्चिम प्रदेश सरकारको भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयलाई रसायनिक मलखादको कोटा बढाउन पर्ने माग राखेको छ । प्रदेश सरकार मातहतको रसायनिक मलखाद आपूर्ति समितिले सुदूरपश्चिम प्रदेशका सबै जिल्लामा सरकारी अनुदानको मलखादको कोटा निर्धारण गरी वितरण हुँुदै आएको हो ।

सहकारी सञ्जालका अध्यक्ष ईश्वरी प्रसाद खरेलले मन्त्रालयका सचिव मदन सिह धामी र उप सचिव गोकुल प्रसाद बोहरासित कुराकानी गरी कैलाली र कञ्चनपुरका लागि मलखादको कोटा बढाउनु पर्ने माग राखेका छन् ।

ratnam malkhad

‘अहिलेसम्म कैलाली र कञ्चनपुरले पाउने मलखादको कोटामा धेरै फरक छ, यसलाई बढाउनु पर्ने माग राखेको छु, त्यसमा मन्त्रालयका अधिकारीले सकारात्मक आश्वासन दिनु भएको छ’ उनले भने ।

मन्त्रालयका अधिकारीहरुले अध्यक्ष खरेलको मागलाई सकारात्मक रुपमा लिदैं कृषि क्षेत्र, उत्पादन लगायतका मापदण्डका आधारमा कोटा वितरण हुने गरेकाले यस वर्ष कञ्चनपुरका लागि कोटा बढाउने प्रयास गर्ने आश्वासन दिएका छन् ।

‘चार सय मेट्रिक टन मात्रै कञ्चनपुरका लागि मलखादको कोटा आउँछ, जबकी कैलालीमा त्यहीं २४ सय पुग्छ, अधिकारीहरुसित कुराकानीपछि अहिलेसम्म दिदैं आएको कोटा बढाएर आठ सयसम्म पुगाउने आश्वासन दिइएको छ’ उनले भने,‘सञ्जालले त समान नै बनाउनु पर्छ भन्ने माग राखेको छ ।’

साल्ट ट्रेडिङ्ग कर्पोरेशन लिमिटेड र कृषि सामाग्री केन्द्र लिमिटेडले सरकारी अनुदानको मलखादको कारोबार गर्दै आएका छन् । समितिको कोटाले निर्धारण गरेपछि सुदूरपश्चिमका सबै जिल्लाका लागि मलखाल पुगाउने गरिएको छ ।

Himal dental
सम्बन्धित
Loading...