ghar sansar

दावी विरोध सूचना लगाएपछि आयोगसित पोख्न थालियो असन्तुष्टि, जग्गाधनी पूर्जाका लागि आयोग धाउन थाले वासिन्दा

janjyoti campus

महेन्द्रनगर । राष्ट्रिय भूमि आयोग जिल्ला समिति कञ्चनपुरले दावी विरोधको सूचना निकालेर डेढ महिनासम्म जग्गाधनी पूर्जाका लागि अन्य कार्य अघि बढाउन नसकेपछि वासिन्दाहरु आयोग कार्यालय आउन थालेका छन् । उनीहरुले आयोगमा पुगेर जग्गाधनी पूर्जा वितरणमा ढिलाई नगर्न दबाव दिएका छन् ।

‘हकदावी सूचना निकालेको डेढ महिना भइ सक्यो, अहिलेसम्म जग्गाधनी पूर्जा वितरणका लागि केही काम अघि बढेको छैन,’ भीदमत्त नगरपालिका १३ का निवर्तमान वडा अध्यक्ष लाल बहादुर शाहीले भने,‘हकदावी सूचना आइ सकेपछि त्यसका आधारमा परेका निवेदनको छिनाफानो गरी छिटो भन्दा छिटो पूर्जा दिनु पर्ने हो, खै किन हो, अहिलेसम्म अत्तापत्तो छैन ।’

western public academy

निवर्तमान अध्यक्ष शाहीसम्म स्थानीय दैनिक आउन थालेपछि उनी आफैं आयोगको कार्यालय पुगेका छन् । ‘म लगायत अन्य साथीले त्यो बेला जग्गाधनी पूर्जाका लागि सहयोग गरेको थिए, म वडामा हुँदा पनि त्यसका लागि पहल गरे’ उनले भने,‘अहिले पनि दैनिक रुपमा आउँछन्, त्यहीं भएर स्थानीय लिएर आयोगमा आएर छिटो भन्दा छिटो पूर्जा उपलब्ध गराउनु पर्ने माग राखेको छु ।’

आयोगले बीर बहादुर सुनार नेतृत्वको सुकुम्बासी आयोगले २०६७ मा जग्गाको नाप जाँच, फिल्डबुक र श्रेष्ता बनेका वासिन्दाका लागि डेढ महिना अघि सात दिने दावी विरोधको सूचना सार्वजनिक गरेका थियो । आयोगमा दावी विरोध सूचना सार्वजनिक गरेपछि निवेदन लिने बाहेकका अन्य काम अघि बढेका छैनन् ।

निवर्तमान अध्यक्ष शाहीले आयोगले हकदावी सूचना सार्वजनिक गरेपछि जग्गाधनी पूर्जा वितरणका कार्यमा लापरवाही गरेको आशंका गरेका छन् । ‘आयोगको कार्यविधिको परिच्छेद ३ मा विगतमा नापजाँच भएर श्रेष्ता तयार भएको जग्गाको पूर्जा दिने भनिएको छ, दावी विरोधको सूचना पनि आइ सकेको छ, अब के रह्यो त’ निवर्तमान अध्यक्ष शाहीले भने,‘आयोगले मालपोत नापीसित समन्वय गरी सदर गर्ने बाहेक केही छैन, तर यसलाई अघि बढाउन उदासिनता देखाइएको छ , लापरवाही गरिएको छ ।’ निवर्तमान अध्यक्ष शाहीले भीनपा १३ मा मात्रै ३ सय ५० जना पूर्जा पाउने आशमा बसेको बताए ।

dirhayu

आयोगले विगतका सुकुम्बासी आयोगले अधुरा छाडेका कामलाई पनि अहिले अघि बढाएको हो । त्यस अनुसार अहिले कञ्चनपुरमा ६ हजार वासिन्दा जग्गाधनी पूर्जा पाउनेमा छन् । आयोगले उनीहरुमध्ये भीमदत्त नगरपालिका, दोधारा चाँदनी नगरपालिका, बेलौरी नगरपालिका र बेदकोट नगरपालिकाका लागि मात्रै दावी विरोध सूचना सार्वजनिक गरेको छ । अन्य स्थानीय तहका लागि हकदावीको सूचना समेत सार्वजनिक गरिएको छैन ।

आयोगका नायब सुब्बा पृथ्वीराज अवस्थीले दावी विरोध सूचना सार्वजनिक गरिएका स्थानीय तहमा कामकाज अघि बढेको बताए । ‘सूचना निकालेका सबै स्थानीय तहमा काम अघि बढेको छैन, अहिले दोधारा चाँदनीमा प्राविधिक टोलीले काम गरि रहेको छ’ उनले भने,‘त्यहाँ सकिएपछि अन्य तहमा हुन्छ ।’

आयोगसित एउटै प्राविधिक टोली भएकाले सबै स्थानीय तहमा एकै पटक काम अघि बढाउन नसकिएको उनले बताए । ‘हामीसित टोली पनि एउटै छ, त्यसले पनि समस्या छ, अर्कोतिर अधुरा काममा पनि केही काम बाँकी छन्, ती काम पनि गर्न पर्छ’ उनले भने,‘कहीँ त पूर्जा दिइएको छ, कित्ताकाट गरिएको छैन, त्यस बाहेक जग्गा नाप, कम्प्युटर इन्ट्री, फिल्डबुक बनाउन बाँकी लगायतका छन्, ती सबै हेरेर मात्रै अघि बढ्नु पर्ने अवस्था छ ।’

आयोगले जनशक्ति अभाव हुँदा जिल्लाभर सबैको एकैसाथ दावी विरोध सूचना सार्वजनिक नगरी विभिन्न चरणमा गर्न थालेको हो । ‘प्राविधिक पनि अभाव छ, कार्यालयमा पनि चाहिने जति कर्मचारी छैनन्’ आयोगका नायब सुब्बा अवस्थीले भने,‘ एकै पटक त्यति ६ हजार जनाको सूचना निकाल्न सकिने कुनै अवस्था छैन ।’

आयोगका दावी विरोध सूचना सार्वजनिक भएपछि ५० सम्म उजुरी परेका छन् । राष्ट्रिय भूमि आयोग जिल्ला समिति कञ्चनपुरका सदस्य प्रतिक्षा नेगी कार्कीले हकदावी सूचना सार्वजनिक भएपछि काम अघि बढेको बताइन् ।

‘सूचना लगाएपछि केही पनि काम अगाडि बढेन भनेर त भन्न मिलेन, काम त भएको छ’ उनले भनिन्,‘आयोग सक्रिय रुपमा लागेको छ ।’

Himal dental
सम्बन्धित
Loading...