ghar sansar

पूर्व मन्त्री लेखक भन्छन्– काँग्रेस बाहेक अन्यले देश विकास गर्न सक्दैन

dirghayu ad
dirghayu clinic

दोधारा । नेपाली काग्रेंसका केन्द्रिय सदस्य तथा पूर्व मन्त्री रमेश लेखकले काँग्रेंसले मात्र देश विकास गर्ने बताएका छन् । दोधारा चाँदनी नगरपालिका ४ मा आयोजित स्थानीयसंग भेटघाटमा कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

महाकाली झोलुङ्गे पुल, ४ लेनको पक्की पुल, विद्यालय तथा स्वास्थ्य संस्था लगायतका क्षेत्रमा काँग्रेंसका पहल तथा योगदान रहेको बताउँदै अबका दिनमा हुने निर्वाचनमा बहुमतले काग्रेंसलाई विजय बनाई देश तथा नगरको विकास निमार्ण कार्यमा सघाउन सबैमा नेता लेखकले अनुरोध गरेका छन् ।

ratnam malkhad

दोधारा चाँदनी नगरपालिकामा निमार्ण गरिने भनिएको सुख्खा बन्दरगाहा काँग्रेंसको सरकारको पालामा निमार्ण हुने भएको बताउँदै देशमा विकास निमार्णको लागि जनताले काँग्रेंसलाई विश्वास गरेको उनले बताए ।

ओली सरकारले देशमा गरेको अनियमितता तथा भ्रष्टाचार जनताले प्रष्ट रुपमा देखेको बताउँदै उनले देशलाई समृद्धि बनाउने काम काग्रेंसबाट नै हुनेमा जनता ढुक्क भएको उल्लेख गरे ।

‘ओली सरकारको कामले जनतामा आएको निराशालाई कांग्रेसले आशामा बदल्छ् । अबको निर्वाचनमा कांग्रेस बलियो पार्टीका रुपमा सरकारमा हुन्छ’ उनले भने ।

केपी सरकारको पालामा अबरुद्ध बिकास निमार्ण कार्यहरु नेपाली काग्रेंसले पुरा गर्ने कार्यक्रममा बताईएको छ । ‘एमालेका साथीहरुले झोलुङ्गे पुल बन्दैन भन्थे, पक्की पुल बन्दैन भन्थे । हामीले बनाएर देखायौं’ नेता लेखकलले भने ।

हामीले टेण्डर गरेर निमार्ण कार्य अघि बढाएको ४ लेनको पक्की पुलमा एमालेका साथीहरुले हामीले बनाएको भन्दा हाँसो लाग्ने गरेको उनले बताए ।

काँग्रेंस सरकारमा हँदा ४ लेनको पक्की पुल बनायौ । तर त्यसैसंग जोडिएको सुख्खा बन्दगाहा बनाउने काम केपी ओली सरकारले गफ मात्रै ग¥यो । सुख्खा बन्दरगाहाको काम हामी अघि बढाएर देखाउँछौं’ उनले भने ।

‘दोधारा चाँदनी नगरपालिकाको मात्रै नभई देशकै कायापलट हुने सुख्खा बन्दरगाह निर्माण कार्य समेत केपी ओली सरकारले केही गर्न सकेनन्’ उनले भने ।

Himal dental
सम्बन्धित
Loading...