महेन्द्रनगर । बेदकोट नगरपालिका ४ मा चोरी भएको सरकारी नम्बरको मोटरसाइकल भेटिएको छ । बिहिबार राती १२ बजे वडा नम्बर ४ को सरकारी नम्बर प्लेटको मोटरसाइकल चोरी भएको थियो ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार वडा सदस्य नवराज भट्टको घरमा राखिएको उक्त म १ प ४८५ नम्बरको मोटरसाइकल अज्ञात समुहले चोरी गरेको थियो ।
मोटरसाइकलको खोजी गर्दै जाँदा नगरपालिकाको वडा नम्बर २ स्थित सामुदायिक वन भित्र झाडीमा लुकाएको अवस्थामा फेला परेको प्रहरीले बताएको छ । चोरीमा संलग्नको पहिचान तथा खोजी कार्य जारी रहेको जनाइएको छ ।