ghar sansar

अठार नम्वर पिल्लर बस्तीमा बनाइयो जैविक तटबन्ध, स्थानीय हर्षित

–पप्पु गुरुङ्ग
दोधारा । दोधारा चाँदनी नगरपालिकाको दुर्गम वस्ती भनेर चिनिने अठार नम्वर पिल्लर बस्तीमा जैविक तटबन्धको निर्माण गरिएको छ । दोधारा चाँदनी नगरपालिका १० स्थित जगबुडा नदीको पारिको बस्ती अठार नम्वर पिल्लर बस्तीमा जैविक तटबन्ध निमार्ण कार्य सकिएको वडा अध्यक्ष चन्द्र बहादुर सिंहले जानकारी दिएका छन् ।

अठार नम्वर पिल्लर बस्तीको पश्चिम–दक्षिण भएर बग्ने जगबुडा नदीले बर्सेनी ठूलो धनजनको क्षति गर्दै आएको छ । जगबुडा नदीले तटिय क्षेत्रका बस्तीमा धनजनको क्षति गर्नुका साथै खेती योग्य जमिन कटान गर्दै आएको छ । जगबुडा नदीले वर्षासंगै हिउँदमा समेत जग्गा कटानी गर्न थालेपछि अठार नम्वर पिल्लर बस्तीका स्थानीय पीडामा पर्दै आएका छन् ।

mantra hos123

जगबुडा नदीको कारण अठार नम्वर पिल्लर बस्ती विस्तापितको संघारमा रहेको छ । अठार नम्वर पिल्लर बस्तीलाई जोगाउन डिसीए नेपालको आर्थिक सहयोग र नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) को सुद्धढ परियोजना अन्तर्गत जैविक तटबन्धको निमार्ण कार्य सम्पन्न भएको र नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) को सुद्धढ परियोजनाका कार्यक्रम संयोजक राजकुमार सुनारले बताए ।

‘खेतीयोग्य जग्गा कटानी संगै अठार नम्वर पिल्लर बसती जोगाउनको निम्ती हामीले जैविक तटबन्ध निमार्ण कार्य अघि बढाएका थियौ’ सुद्धढ परियोजनाका कार्यक्रम संयोजक सुनारले भने, ‘अहिले काम सकिएको छ , वस्ती जोगाउन सहयोग पुग्छ ।’

सुद्धढ परियोजनाको ४ लाख ५० हजार र स्थानीयको जनश्रमदानबाट एक सय ५० मिटर जैविक तटबन्धको निमार्ण गरिएको छ । लामो समयदेखि जगबुडा नदीले वर्षात तथा हिउँदमै दुबै याममा जग्गा कटानी गर्दै आउने समस्या हल भएको स्थानीय बताउँछन् ।

जगबुडा नदीको पारिको गाउँ भारतसंग जोडिएको दुर्गम बस्ती भने चिनिने अठार नम्वर पिल्लर बस्तीमा जैविक तटबन्ध निमार्ण भएसंगै जग्गा कटानी रोकिने स्थानियबासी माया देबी सुनारले बताइन् । ‘यो तटबन्धको निमार्ण भएपछि जग्गा कटानीको समस्या हल भएको छ्’ उनले भनिन्, ‘केही राहत मिल्छ भनेर खुसी नै छौ ।’

महाकाली नदीमा आएको तीव्र गतीको पानीको बहवाले जगबुडा नदीको पानीको बहावलाई रोकिदिएपछि जगबुडा नदीको पानी ओभरफ्लो भएर अठार नम्वर पिल्लर बस्तीमा पस्ने गर्छ् । वर्षातामा बस्तीमा पानी पसेपछि उनिहरु विस्तापित हुने गर्छन् । पानीको बहाव कम भए संगै प्रायः स्थानीयवासी घरमा फर्किने गर्छन् ।

 

Himal dental
सम्बन्धित
Loading...