ghar sansar

पतञ्जली योग समिति कञ्चनपुरका नव निर्वाचित समितिका पदाधिकारीको शपथ ग्रहण, योग र आयुर्वेदको व्यापक प्रचारप्रसार गर्ने प्रतिवद्धता

little buddha academy
khasi

महेन्द्रनगर । नेपाल पतञ्जली योग समिति अन्र्तगतको पतञ्जली योग समिति कञ्चनपुर तथा पतञ्जली महिला योग समितिका पदाधिकारीहरुले शनिबार शपथ लिएका छन् ।

पतञ्जली योग समिति कञ्चनपुरका अध्यक्ष दयाकृष्ण जोशी अध्यक्षता एवम् नेपाल पतञ्जली योग समितिका केन्द्रिय सदस्य कञ्चनपुर जिल्लाका संस्थापक मुख्य योग प्रशिक्षक लब राज भट्टको प्रमुख आतिथ्यमा गरिएको कार्यक्रममा वरिष्ठ अधिवक्ता हिक्मत सिंह भण्डारीले नव निर्वाचित समितिका पदाधिकारी र सदस्यलाई शपथ ग्रहण गराएका छन् ।

,orning glory badhai

समितिको अध्यक्षमा दयाकृष्ण जोशी, उपाध्यक्ष ई धन सिंह रावल, महामन्त्री हरि सिंह रावल, मन्त्री ईश्वरी दत्त अवस्थी, संगठन मन्त्री प्रकाश कलौनी कोषाध्यक्ष गणेश बहादुर चन्द निर्विरोध निर्वाचित भएका थिए ।

यसै गरि महिला समिति तर्फ निर्वाचित अध्यक्ष कमला पाण्डेय, उपाध्यक्ष भावना के.सी., महामन्त्री लक्ष्मी देवि अवस्थी, मन्त्री लक्ष्मी पन्त संगठन मन्त्री लक्ष्मी जोशी लगायत विभिन्न क्षेत्रका जिल्ला प्रभारीहरुले शपथ लिएका थिए ।

dirghayi clinic

शपथ ग्रहण समारोमा पूर्व अध्यक्ष दान सिंह ठकुराठी, कोषध्यक्ष गणेश बहादुर चन्द, स्वअध्याय प्रभारी आचार्य सुर्दशन जोशी, जिल्ला युवा प्रभारी शिवराज पनेरु, कृष्णपुर नगर प्रभारी खगेन्द्र प्रसाद ओझा, लगायतले कार्यक्रममा शुभ कामना राखे ।

समितिका महामन्त्री हरि सिंह रावलले सञ्चालन गरेको कार्यक्रममा निर्वाचित समितिबाट कञ्चनपुर जिल्ला भरी योग र आयुर्वेदलाई व्यापक प्रचारप्रसार गर्दै स्वस्थ्य जीवन हरेक स्थानीय तह र हरेक वडा , टोलमा योग विस्तार हुने कुरमा अपेक्षा गरेको मिडिया प्रभारी प्रेम सिंह भाटले जानकारी दिएका छन् ।

Himal dental
सम्बन्धित
Loading...