Sarsoti

गैसस महासंघ कञ्चनपुरको अध्यक्षमा बोहरा

lotus institute

महेन्द्रनगर । गैर सरकारी संस्था महासंघ कञ्चनपुरको अध्यक्षमा लक्ष्मी बोहरा चयन भएका छन् । महासंघको २२ औं साधारण सभा तथा ११ औं जिल्ला अधिवेशनबाट बोहराको अध्यक्षतामा नयाँ समिति चयन गरिएको छ । अध्यक्ष बोहरा यस अघि समितिमा उपाध्यक्ष थिइन् ।

Mahendranagar

समितिको उपाध्यक्षमा अमिर तिरुवा,सचिव अञ्जु जोशि,सह सचिव शिवि लुहार र कोषाध्यक्ष नारु सिह चयन भएका छन् । समितिमा अम्बा दत जोशी,ज्ञानेन्द्र महता,लक्ष्मी चन्द, महेश भट्ट, सीता बोहरा,आनन्दी भट्ट,दिपक भट्ट र, दुर्गा चाड सदस्य भएका छन् ।

morning glory

महासंघका निवर्तमान अध्यक्ष नरेश सिलालको अध्यक्षतामा गरिएको कार्यक्रममा भीमदत्त नगरपालिकाका मेयर पदम बोगटीले साधारण सभा तथा अधिवेशन उद्घाटन गरेका थिए ।

कार्यक्रममा महासघका केन्द्रीय सचिव भवराज रेग्मी,महासघका प्रदेश अध्यक्ष देवि खनाल, महासघका केन्द्रीय सदस्य भगत विक लगायत लगायतका सहभागी भएका छन् ।

saark school
सम्बन्धित
Loading...