ghar sansar

कञ्चनपुरमा अब लेखक र साउँद समूहबीच टिकटमा पनि टक्कर, साउँद विरुद्ध बोहरा पनि आकाँक्षी

dirghayu ad

महेन्द्रनगर । कञ्चनपुर क्षेत्र नंं. २ मा नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवम् पूर्व मन्त्री एनपी साउँद विरुद्ध काँग्रेस कञ्चनपुरका निवर्तमान जिल्ला सभापति हरि प्रसाद बोहरा प्रतिनिधि सभा सदस्यका लागि आकाँक्षा राखेका छन् ।

अहिलेसम्मका सबै चुनावमा पार्टीभित्र निर्विकल्प उम्मेदवार साउँद विरुद्ध पहिलो पटक निवर्तमान सभापति बोहरा उम्मेदवारका आकाँक्षी देखिएका छन् । पूर्व मन्त्री साउँद सत्तारुढ गठबन्धनमा टिकट पाउने निश्चित भएर चुनावी प्रचारप्रसारमा लागि सकेका छन् ।

ratnam malkhad

प्रतिनिधि सभा सदस्यका आकाँक्षी पूर्व मन्त्री साउँद र निवर्तमान सभापति बोहरा दुबै काँग्रेस संस्थापनका हुन् । जिल्लामा भने उनीहरु काँग्रेसका संस्थापनभित्रैका लेखक र साउँद उपगुटमा बाँडिएका छन् । निवर्तमान सभापति बोहरा लेखक समूहका बलिया नेता हुन् ।

काँग्रेसको १३ औं महाधिवेशनमा साउँद समूहले वडाबाटै क्षेत्रीय प्रतिनिधिबाट चुनाव हराएका बोहरा नगरबाट प्रतिनिधि भएर जिल्ला सभापति निर्वाचित भएका थिए । १४ औं महाधिवेशनमा उनले आफूसंग पराजित साउँद समूहका पदम बोगटीलाई समेत आफ्नै समूहमा ल्याएर सभापति बनाएका छन् । बोहराले आफ्नो गृह नगरमा साउँद समूहलाई पराजित गरी नगरको नेतृत्व आफ्नो हातमा लिएका छन् ।

काँग्रेस पूर्व मन्त्री साउँद अघिल्लो निर्वाचनको हारको बदला लिन स्थानीय तह निर्वाचनदेखि नै चुनावी तयारीमा लागि सकेका छन् । साउँदले यस पटक मतदाता नै आफ्नो क्षेत्रमा सारि सकेका छन् । भीमदत्त नगरपालिका २ का उनले स्थानीय तह निर्वाचनमा शुक्लाफाँटा नगरपालिकाबाट मतदान गरेका थिए । भीमदत्तमा मतदाता परिचय पत्र भएकाले उनले टुरिष्ट नेताको आरोप खेप्दै आएका थिए ।

पूर्व मन्त्री साउँद २०६४ र २०७४ मा निर्वाचन क्षेत्र नं. २ बाट पराजित भएका थिए । २०७० को निर्वाचनमा एमालेका नर बहादुर धामीलाई पराजित गरी चुनाव जितेका उनी २०७४ मा धामीसित हारेका थिए । त्यस अघि २०६४ मा उनी नेकपा माओवादी केन्द्रका देबीलाल चौधरीसित पराजित भएका थिए । २०६५ र २०७० मा कञ्चनपुरमा चार निर्वाचन क्षेत्र थिए ।

आगामी प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि पूर्व मन्त्री साउँद र निवर्तमान सभापति बोहराका समूहका नेता कार्यकर्ता उनीहरुको प्रचार गर्न थालेका छन् । निर्वाचन क्षेत्र नं. २ मा बेदकोट, शुक्लाफाँटा र कृष्णपुर नगरपालिका छन् । स्थानीय तह निर्वाचनमा शुक्लाफाँटा बाहेक अन्य दुई तह काँग्रेसले जितेको थियो ।

काँग्रेसको १४ औं महाधिवेशनमा शुक्लाफाँटा र कृष्णपुरमा साँउद समूहले एकलौटी जितेको थियो । काँग्रेसका निवर्तमान सभापति बोहराको नगरमा साउँद समूह नगर सभापति पराजित भएको थियो ।

२०७४ को निर्वाचनमा साउँदले प्रतिनिधि सभा, पूर्व सभापति बहादुर सिह थापा र पुस्करनाथ ओझा प्रदेशमा चुनाव लडेका थिए । उनीहरु तीनै नेता साउँद समूहका हुन् । यस पटक साउँद विरुद्ध निवर्तमान सभापति बोहराले प्रतिनिधि सभा सदस्यमा आकाँक्षा राखेपछि टिकट वितरण पेचिलो बन्न सक्ने काँग्रेस नेताहरु बताउँछन् ।

Himal dental
सम्बन्धित
Loading...