ghar sansar

कृष्णपुरमा स्यानिटरी प्याड खरिदमा व्यापक घोटाला

khasi

महेन्द्रनगर । कृष्णपुर नगरपालिकामा सामुदायिक विद्यालयका छात्रालाई निःशुल्क दिइने स्यानिटरी प्याड मिलेमतो गरी खरिद गरिएको छ । अघिल्लो आर्थिक वर्षमा नगरपालिकाले प्याड खरिदका लागि शिलबन्दी आव्हान गरेपछि खरिदमा मिलेमतो गरी लागत अनुसारको मूल्यमा प्याड खरिद गरिएका हुन् ।

आर्थिक वर्ष २०७७÷०७८ मा नगरपालिकाले ४२ हजार थान प्याड घटाघटीमा खरिदका लागि शिलबन्दी दरभाउपत्र आव्हानको सूचना निकालेको थियो । शिलबन्दी दरभाउ पत्र अनुसार घटाघटी मूल्य नभएर नगरपालिकाले बनाएको लागत मूल्यमा प्याड खरिद गरिएका छन् । नगरपालिकाले मिलेमतो नगरी सप्लायर्शबीच प्रतिस्पर्धा गराउँदा भने लगत मूल्य भन्दा कम मूल्य पर्ने थियो ।

Anant bahu travels

नगरपालिकाले ४७ रुपैँया ४२ पैसाको मूल्य राखेर प्याडको लगत अनुमान तयार गरेको थियो । लगत अनुमान अनुसार शिलबन्दी दरभाउ आव्हान गर्दा पनि ४२ रुपैँया २९ पैसाका दरले प्याड खरिद गरिएको छ ।

महालेखा परीक्षकको आर्थिक वर्ष २०७७÷०७८ को वार्षिक प्रतिवेदन अनुसार स्यानिटरी प्याडका लागि १९ लाख ८६ हजार १ सय ८० रुपैँया भुक्तानी दिइएको छ । कैलालीको मातागौरी सप्लायर्शबाट प्याड खरिद गरिएको छ ।

dirghayi clinic

‘प्रतिस्पर्धा भएपछि गरिएपछि खरिदमा सोझै मूल्य घट्छ, लगत अनुमान अनुसार कसरी हुन सक्छ’ नगरपालिकाका एक अधिकारीले भने,‘सप्लायर्शसंग गोप्य मिलेमतो नहुँदा यी काम सम्भव हुँदैन ।’

नगरपालिकाले ३० प्रतिशत कमिसन लिएर सप्लायर्शसंग लगत अनुसार प्याड खरिद गरेको स्रोतको दावी छ । स्रोतका अनुसार प्याड खदिरका लागि कमिसनमा कुरा मिलेपछि मिलेमतो गरिएको थियो ।

महालेखा परीक्षकको कार्यालयले शिलबन्दी दरभाउप अनुसार खरिदमा मिलेमतोको उल्लेख नगरे पनि कार्यविधि भने मिचिएको उल्लेख गरेको छ । स्यानीटरी प्याड वितरण तथा व्यवस्थापन कार्यविधि २०७६ लाई मिचेर प्याड खरिद गरिएको महालेखा परीक्षकको प्रतिवेदनमा छ ।

नगरपालिकाले खरिद गरेका प्याड पनि माघ महिनासम्म विद्यालयसम्म नपुगाएर कार्यालयमा राखेको प्रतिवेदनमा उल्लेख गरिएको छ । महालेखाको लेखा परीक्षणसम्म १५ हजार ८ सय ४० प्याड कार्यालयमा भेटिएको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

कृष्णपुर नगरपालिकाले कक्षा ६ देखि १२ सम्मका सबै र कक्षा ४ र ५ का केही छात्राहरुका लागि प्याड खरिद गरेको थियो । सरकारले प्याड खरिदका लागि स्थानीय तहलाई अनुदान दिँदै आएको छ ।

कृष्णपुर नगरपालिकाको शिक्षा शाखाका प्रमुख विष्णुदत्त भट्टले सार्वजनिक सूचना निकालेर प्याड खरिद गरिएकाले मिलेमतो हुन नसक्न बताए । ‘कार्यालयले त टेण्डर गरी खरिद गरेको हो, ठेकेदारबाट मिलेमतो भएको हुन सक्छ’ उनले भने ।

सप्लायर्शबाट मिलेमतो गरिएको आशंका गरिए कार्यालयले ठेक्का रद्द गरी नयाँ खोल्न पाउने व्यवस्था छ । कार्यालयले खरिद रद्द नगरी खरिद गर्दा कार्यालयको मिलेमतोलाई बल पुगेको छ । शिक्षा शाखा प्रमुख भट्टले भने आफू खरिद समितिमा नभएकाले धेरै जानकारी नभएको बताए ।

Himal dental
सम्बन्धित
Loading...