ghar sansar

भीमदत्तमा मेयरले एकलौटी गर्न थालेपछि एमाले कार्यपालिका सदस्यले गरे बैठक बहिस्कार

khasi

महेन्द्रनगर । भीमदत्त नगरपालिका नगर कार्यपालिकाको चौथो कार्यपालिका बैठक नेकपा(एमाले)का कार्यपालिका सदस्यले बहिस्कार गरेका छन् । कार्यपालिका बैठकमा विपक्षीलाई वेवास्ता गरी मेयर पदम बोगटी अघि बढेपछि उनीहरुले बैठक बहिस्कार गरी बाहिरिएका हुन् ।

भीमदत्तको कार्यपालिकामा एमालेका तीन सदस्य छन् । त्यसमध्ये आइतबार रविन्द्र देवकोटा र गगन कार्की बैठकमा सहभागी थिए । अर्का सदस्य जिल्ला बाहिर भएकाले बैठकमा अनुपस्थित थिए । बैठकमा विपक्षीलाई वेवास्ता गरी एकलौटी निर्णय गरिपछि बैठक बहिस्कार गरी बाहिर निस्केको कार्यपालिका सदस्य देवकोटाले बताए ।

Anant bahu travels

‘सुरुदेखि विपक्षीलाई पेलेर एकलौटी गरियो, आज पनि बैठकमा त्यहीं दोहोरियो, वास्ता नै गरिएन’ उनले भने,‘कार्यपालिकाका सदस्यका कुरा नै सुनिदैन भने त्यहाँ बस्नुको औचित्य हुँदैन भनेर बाहिरिएका छौ ।’

बैठकमा एमाले कार्यपालिका सदस्यले एकलौटी नगरी सबै कार्यपालिका सदस्यको भावना अनुसार जानु पर्नेमा जोड दिएका थिए । मेयर बोगटीले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि विद्यालय छनौट र नगर विकास समितिको सदस्य मनोनितमा एकलौटी निर्णय गराएका थिए । त्यसपछि असन्तुष्ट बनेका उनीहरु बैठक बहिस्कार गरी बाहिरिएका हुन् ।

dirghayi clinic

भीमदत्तमा मेयर बोगटीले विषयगत समिति र न्यायिक समितिमा यस अघि नै एकलौटी गरि सकेका छन् । विपक्षी दललाई समेत न्यायिक समितिमा राखिने प्रचलन तोडेर उनले सबै काँग्रेसका जनप्रतिनिधिलाई मात्रै समिति सदस्य बनाएका छन् ।

कार्यपालिकाको चौथो बैठकमा सहभागीका अनुसार राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि छनौट गरिएका सबै विद्यालय मेयर बोगटीको पार्टी काँग्रेस सम्बद्ध अध्यक्ष र प्रधानाध्यापक नजिकका छन् । उनी काँग्रेसको जिल्ला सभापति पनि हुन् ।

भीमदत्त नगर विकास समितिमा वडा अध्यक्षद्वय सुशिल भट्ट, मदन मिश्र र कार्यपालिका सदस्य सीता भण्डारीलाई मनोनित गरिएको छ ।

बैठकमा राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम, नगर विकास समितिमा सदस्य नियुक्ति, स्थानीय पाठ्क्रम कक्षा १, २ र ६ को स्वीकृत, सामाजिक सुरक्षा भत्ता वितरणमा देखिएका समस्या सहजीकरण र धानबाली क्षतिको राहत रकम विनियोजन सम्बन्धी एजेण्डा पेश गरिएका थिए ।

भीमदत्तका मेयर बोगटी कार्यपालिका र नगर सभा दुबैमा बहुमत छन् । एमाले कार्यपालिका सदस्यले बैठक बहिस्कार गरेपछि बहुमतका आधारमा निर्णय गरिएको छ ।

Himal dental
सम्बन्धित
Loading...