दोधारा चाँदनीमा हात्तीले फेरि मच्चाउन थाले उपद्रो, बडवाल टोलमा स्थानीयलाई ज्यान जोगाउन हम्मेहम्मे

पप्पु गुरुङ्ग
दोधारा । दोधारा चाँदनी नगरपालिकाको बडवाल टोलमा जंगली हात्तीको बथान फेरि वस्तीमा आएर उपद्रो मच्चाउन थालेको छ । जगबुडा नदीको पारी भारतसंग जोडिएको सीमा बस्ती बडवाल टोलमा हात्तीको बथानले उपद्रो मच्चाउन थालेको छ । गए राति एक दर्जन भन्दा हात्तीको बथानले बडवाल टोल आसपास बस्तीमा आतंक मच्चाएको स्थानीयले बताए।

हात्ती वस्तीमा आएपछि स्थानीय भागेका छन् । बच्चा सहित हात्तीको बथानले दर्जनौं स्थानियहरुको धान, मकै र चरी खेती खाएर उधनेर नष्ट गरेको स्थानीय लक्ष्मी रानाले बताइन् । हात्ती धपाउन स्थानीयले थाली बजाउने, हल्ला मच्चाउने, आगो बाल्ने गरेको बताए ।

janjyoti campus

जंगली हात्तीले बस्तीमा आतंक मच्चाउन थालेपछि नेपाल प्रहरी र सशसत्र प्रहरीलाई स्थानियले गुहार लगाएका छन् । नेपाल प्रहरी र सशस्त्र प्रहरीको एक टोली राती नै बडवाल टोल पुगको थियो । गएराती १३ वटा हात्ती बस्तीमा पसेको स्थानियबासी लक्ष्मी रानाले बताएका छन् ।

‘राती करिब ८ बजे बस्तीमा भारतिय जंगलबाट आएको हात्तीले खेतवाली नष्ट गर्न थाल्यो’ लक्ष्मी रानाले भनिन् । उनका अनुसार झण्डै ३ पछि मात्रै हात्ती जंगल फर्केको बताए । बडवाल टोल भारतिय जंगल संग जोडिएको सिमा बस्ती हो ।

लामो समय देखि खेतीको समयमा हात्तीको बथान बस्तीमा पसेर खेतवाली नष्ट गर्ने, घरहरु भत्काईदिने गर्दै आएको छ् । २०५५ सालमा दोधारा चा“दनी नगरपालिकालाई मध्यवर्ती क्षेत्र घोषणा गर्दा जीउ धनको सुरक्षा संगै खेती बालीको सुरक्षा हुने स्थानीयको आशा थियो ।

बन्यजन्तु संरक्षण संगै आय–आर्जन कार्यक्रमले गा“उ खुशी हुनेमा सर्वसाधारण विश्वस्त थिए । मध्यवर्ती क्षेत्र घोषणा गरेको दशक बित्न लाग्दा पनि बन्यजन्तुले दिएको पीडा घट्नुको साटो बढ्दै गएको छ् ।

स्थानीयको सुरक्षाका लागि सरकारले गर्नु पर्ने व्यवस्था नगर्दा उनीहरु दुखी छन् । स्थानीय पशुपती चन्द भन्छिन् ‘बडवाल टोलमा जंगली हात्तीको आक्रमण त्रास संगै खेतीपाती नोक्सानी रोकिएको छैन् ।’ उनका अनुसार गएराती हात्तीको बथान बस्तीमा भित्रिदा बस्तीका स्थानीय रातभरी सुत्न नपाएको बताए ।

‘रातभरी खेतीवालीमा बथानमा आएको हात्तीले सखाफ गर्न थाल्यो’ पशुपती चन्दले भनिन् । स्थानियका अनुसार बडवाल टोलका देबकी भण्डारी, पशुपती चन्द, मनोज चन्द, लक्ष्मी राना, प्रेम कामी लगाएत एक दर्जन भन्दा बढी किसानको धान, मकै र चरी जंगली हात्तीले खाएर उधनेर नष्ट गरेको छ । हात्ती बस्तीमा पसेर खेतीबाली खान थालेपछि स्थानियहरुमा ज्यान जोगाउन हम्मेहम्मे परेको स्थानियबासी बिर भण्डारीले बताए ।

‘हात्तीको बथान बस्तीमा पसेर आतंक मच्चाउन थालेपछि रातभरी सुत्न पाएका छैनौं’ बिर भण्डारीले भने– ‘खेती हरियो हुन थाल्यो, हात्तीको आतंक फेरि सुरु हुन्छ् ।’

भारतीय जंगल संग जोडिएको बस्ती बडवाल टोलमा जंगली हात्तीको त्रासमा रात बिताउनु पर्ने बाध्यता रहेको छ् । ‘अरु काम छाडेर रातीको समयमा जंगली हात्तीबाट कसरी बाँच्ने भन्ने उपाय खोज्नु परेको छ्’ बिर भण्डारीले भने । सरकारले वन्यजन्तु संरक्षण गरेर विकास ल्याएको भए पनि विनाश र क्षति न्यूनीकरणको पक्षमा मौन बसेको स्थानीयको गुनासो छ् ।

ghar sansar
सम्बन्धित
Loading...