ghar sansar

अधिकारकर्मी चन्दले सहयोगका लागि मतदाताका घरमा पठाउँदै छिन् २० हजार कार्ड

khasi

महेन्द्रनगर । कञ्चनपुर क्षेत्र नं. ३ बाट प्रतिनिधि सभा सदस्य चुनाव लड्ने घोषणा गरेपछि अधिकारकर्मी शारदा चन्द चुनावी तयारीमा सक्रिय भएकी छन् । निर्वाचन क्षेत्रमा सबै वडामा भेटघाट सकाएर उनी केही दिनभित्र सबै मतदातासम्म सहयोगका लागि कार्ड पठाउने तयारी गरेकी छन् । अधिकारकर्मी चन्दले पहिलो सहयोगका लागि २० हजार कार्ड पठाउने तयारी गरेकी छन् ।

‘सबैसित भेटघाट, छलफल गरी सहयोग मागि सकेकी छु, अबको दुई तीन दिनभित्र सबैको घरमा २० हजारसम्म कार्ड वितरण गर्ने योजना छ’ उनले भनिन्,‘अहिले त्यसैको तयारीमा छौ ।’

Anant bahu travels

काँग्रेस महाधिवेशन प्रतिनिधि रहेकी चन्द केही महिना अघि काँग्रेस छाडेर स्वतन्त्रबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचन लड्न लागेकी हुन् । अढाई दशकदेखि समाजसेवामा सक्रिय भएर पहिचान बनाएकी उनी सबै मतदाताको साथ पाउनेमा आशावादी देखिएकी छन् ।

dirghayi clinic

काँग्रेसभित्रको नातावाद, परिवार, नेतावाद विरुद्ध विद्रोह गरी बाहिरिएपछि उनले काँग्रेसका पूर्व मन्त्री रमेश लेखक विरुद्ध चुनाव लड्ने घोषणा गरेकी थिइन् । प्रधानमन्त्री शेर बहादुर देउवालाई पार्टीबाट राजीनामा दिएर पत्र पठाएर पार्टी छाडेकी उनी स्वतन्त्र भएर चुनाव लड्न लागेकी छन् ।

चुनाव लड्ने घोषणापछि निर्वाचन क्षेत्रमा भेटघाटका क्रममा अधिकारकर्मी चन्दले सबैबाट सकारात्मक आश्वासन पाएका छन् । मतदातालाई फेरि उनी सहयोगका लागि कार्ड पठाउन लागेकी छन् ।

चन्दले मतदाताका घरमा पठाउने कार्डमा चुनावी नारा सहित सहयोगका लागि अपील गरिएको छ । चन्दले निर्वाचन क्षेत्रका सबै मतदातासम्म कार्ड पठाउने तयारी गरेकी छन् ।

कञ्चनपुर क्षेत्र नं. ३ मा भीमदत्त, दोधारा चाँदनी र बेदकोट नगरपालिकाका ३० वडा छन् । अघिल्लो आम निर्वाचनमा एमालेका डा.दिपक प्रकाश भट्ट संसदमा निर्वाचित भएका थिए । उनीसित काँग्रेसका पूर्व मन्त्री लेखक पराजित भएका थिए ।

काँग्रेसका केन्द्रीय सदस्य पूर्व मन्त्री लेखक कञ्चनपुर क्षेत्र नं. ३ बाट २०५६ देखि २०७४ सम्म संसद भएका छन् । उनी मंसिर ४ मा फेरि चुनाव लड्न तयारीमा लागेका छन् । लेखक अहिले दोधारा चाँदनीमा घरदैलो गरि रहेका छन् ।

Himal dental
सम्बन्धित
Loading...