ghar sansar

सुदूरपश्चिम सरकारका राज्यमन्त्री सुनारको गृह नगरमा भैसी प्रर्वद्धन कार्यक्रम

khasi

महेन्द्रनगर । दोधारा नगरपालिकाका दुई वडामा भैंसी प्रवद्र्धन कार्यक्रम सञ्चालन गरिएको छ । सुदूरपश्चिम प्रदेश सरकारको भूमि व्यवस्था, कृषि तथा सरकारी मन्त्रालयले चालु आर्थिक वर्षमा नगरपालिकाका वडा नं. १ र २ मा कार्यक्रम सुरु गरेको हो ।

प्रदेश सरकारले कार्यक्रमका लागि ३० लाख बजेट विनियोजन गरेको छ । प्रदेश सरकार मातहतको भेटरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र कञ्चनपुरले कार्यक्रम सञ्चालनका लागि प्रक्रिया अघि बढाएको छ ।

कार्यालयका पुश विकास अधिकृ महेन्द्रराज पाण्डेयले प्रदेश सरकारको कार्यक्रम अनुसार ती दुबै वडामा कार्यक्रम सञ्चाललनका लागि प्रक्रिया सुरु गरिएको बताए ।

dirghayi clinic

‘यो कार्यक्रम प्रदेश सरकारको रातो किताबमा छ, त्यस अनुसार सूचना सार्वजनिक गरी प्रक्रिया अगाडि बढाई सकेका छौ’ उनले भने,‘सूचना अनुसार आउने निवेदनका आधारमा किसान छनौट गरी अनुदान दिन्छौ ।’

पशु विकास अधिकृत पाण्डेयका अनुसार विनियोजन रकमबाट किसानलाई भैसी किन्न अनुदान दिइने छ । किसानका समूहबाट आउने निवेदनका आधारमा किसान छनौट गरी अनुदान दिने कार्यक्रमको ढाँचा बनाइएको छ ।

दोधारा चाँदनी प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री मान बहादुर सुनारको गृह नगर हो । २०७४ को निर्वाचनमा उनी प्रदेश सभा सदस्य निर्वाचित भएका थिए । दोधारा चाँदनीमा यस बाहेक प्रदेश सरकारको मुख्यमन्त्री एकीकृत कृषि पशुन्छी विकास कार्यक्रम अन्र्तगत मुख्यमन्त्री नमूना कृषि गाउँ कार्यक्रम पनि सञ्चालन गरिएको छ ।

‘पशु पालन क्षेत्रका किसानलाई सहयोग गर्न अनुदान दिन लागिएको हो, यसबाट किसानलाई भैसी पालनमा सहयोग पुग्छ’ पशु विकास अधिकृत पाण्डेयले भने,‘भैसी पालन व्यवसायी भएर किसानको आर्थिक अवस्थामा सुधार आउने आश छ ।’

सुदूरपश्चिम प्रदेश सरकारले यस वर्ष कृष्णपुर नगरपालिका ३ मा स्थानीय कुखुरा पालन र पुनर्वास नगरपालिका १ मा बाख्रा पालन कार्यक्रमका लागि पनि बजेट छुट्याएको छ ।

Himal dental
सम्बन्धित
Loading...