४२ वर्ष अघि विपीले नै नछाड्नु भनेको काँग्रेस छाडेर बाहिरिएका सिह

महेन्द्रनगर । कञ्चनपुरमा नेपाली काँग्रेस जिल्ला समिति स्थापनादेखि जिम्मेवारी सक्रिय प्रकाश बहादुर सिह पार्टी छाडेर काँग्रेस (बीपि) मा लागेका छन् । आगामी मंसिर ४ गतेको प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचन घोषणापछि उनी काँग्रेस छाडेर काँग्रेस वीपिको जिल्ला संयोजक बनेका छन् । 

सानैदेखि काँग्रेस भएर काँग्रेसको जिल्ला समितिमा पदाधिकारीसम्म जिम्मेवारी वहन गरि सकेका उनी यस पटक छाडेर काँग्रेस वीपिमा गएका छन् । कञ्चनपुर काँग्रेसको जिल्ला समितिका संस्थापक उनी दुई पटक कोषाध्यक्ष भएका थिए । २०४७ मा काँग्रेस जिल्ला सदस्य भएका सिंह त्यसपछि लगातार दुई कार्यकाल कोषाध्यक्ष भएका थिए ।

janjyoti campus

सातौ महाधिवेशनबाट कोषाध्यक्ष भएका उनी फेरि २०५६ मा आठौंमा पनि कोषाध्यक्ष भएका थिए । २०५९ मा पार्टी विभाजन भएपछि तटस्थ बसेका सिह काँग्रेस एकीकरणपछि पार्टी जिम्मेवारी नपाएका उनी अहिले काँग्रेस छाड्न पुगेका छन् ।

कञ्चनपुरमा २०४७ मा बासुदेब भट्टको सभापतित्वमा काँग्रेस कञ्चनपुरको जिल्ला समिति बन्दा सिह सदस्य भएका हुन् । २०५१ मा उनी कोषाध्यक्ष हुँदा अन्तराम भट्ट र २०५६ मा बहादुर सिह थापा सभापति थिए । २०५१ को भट्ट नेतृत्वको समितिमा सिह कोषाध्यक्ष हुँदा काँग्रेस केन्द्रीय सदस्य पूर्व मन्त्री रमेश लेखकलाई सचिव बनाइएको थियो ।

काँग्रेस कञ्चनपुरको जिल्ला समिति सदस्य हुन १० वर्ष अघिसम्म सिहको काँग्रेसका संस्थापक वीपि कोइरालासम्म पहुँच थियो । बझाङ्गमा उनी पञ्च शासक आफ्नै बाबुका विरोधी भएकाले विपीको नजरमा परेका थिए ।

२०३६ सम्म उनले काठमाडौैं गएर पटक पटक वीपिलाई भेटको थिए । ती सबै भेटमा २०३६ को भेटलाई सिहलाई अहिलेसम्म महत्वपूर्ण मानेका छन् । अहिले काँग्रेस छाड्दा सिहले वीपिसितको त्यहीं भेटलाई सबैभन्दा बढी सम्झिएका छन् ।

सिहका अनुसार जनमत संग्रहका लागि भेट्न पुगेका उनलाई वीपिले जनमत संग्रहमा लाग्नु, हार जित जे भए पनि स्वीकार गर्नु र काँग्रेस नछाड्नु भनेर पठाएका थिए । काठमाडौंमा भेटघाटपछि फर्किएका सिह जन्मथलो बझाङ्ग आएर पञ्चायत हराउन लागेका थिए ।

जनमत संग्रहको नजिता आएपछि उनको ज्यान ज्याने गरी साँघातिक आक्रमण गरिएको थियो । पञ्चायत समर्थक कटक बहादुर कठायतले उनको टाउको छुरा प्रहार गरेका थिए । टाउको छुरा प्रहारबाट जोगिएका सिह त्यसपछि तीन दशकसम्म काँग्रेस राजनीति सक्रिय भए ।

वीपीको सिद्धान्त मन पराएर काँग्रेस भएका उनी अन्ततः ७० वर्षकोे उमेरमा काँग्रेस छाडेर बाहिरिएका छन् । ‘म वीपिको नीति, सिद्धान्त, विचार मन पराएर काँग्रेस भए, जनमत संग्रहमा भेट्न जाँदा त मलाई विपी बाउले काँग्रेस नछाड्नु नै भन्नु भएको थियो’ विगत सम्झिदैँ सिह भन्छन्,‘के गर्ने, त्यहाँ बस्नै नसक्ने अवस्था आएपछि छाडेर बाहिरिए ।’

सिह काँग्रेसभित्र गुटबन्दी, अराजकता, अनुशासनहिता, अत्याचार, मनपरी, नातावाद, परिवार सबै हावी भएकाले बस्न नसकिने अवस्था आएको बताउँछन्् । ‘त्यहाँ केही पनि छैन, नेताले जे भन्यो त्यसमा ताली बजाउनु बाहेक अरु केही काम छैन’ उनले भने,‘त्यहाँ राष्ट्रियता, लोकतन्त्र, समाजवाद केही पनि छैन ।’

काँग्रेसमा गुटबन्दी र अनुशासनहिनताले नेता कार्यकर्ताको मूल्याङ्कन हुन नसकेको सिहको भनाई छ । काँग्रेसभित्रको गुटबन्दीलाई हटाउन सकिने अवस्था नभएको सिह सुनाउँछन् । ‘नेतापिच्छे गुट भएपछि हटाउन सकिने सम्भावना छैन’ उनी भन्छन् ।

काँग्रेस विभाजनपछि गुटमा नलाग्दा सिह पार्टीभित्र कमजोर हुँदै छाड्ने अवस्थामा पुगेका छन् । कञ्चनपुर काँग्रेसमा रमेश लेखक र एनपी साउँदको गुटको चेपुवामा परी सिह बाहिरिएका छन् ।

काँग्रेसमा चार दशक बढी बिताएका सिहलाई पार्टी र सत्तामा ल्याउन काँग्रेसका लेखक र साउँद दुबै गुट उनीसित अनुदार देखिएका छन् ।

काँग्रेस १४ औं महाधिवेशनमा जिल्ला सभापति र बैशाख ३० को स्थानीय तह निर्वाचनमा उनले पार्टीसित समन्वय समितिको प्रमुख हुने इच्छा राखेका थिए । काँग्रेसका दुबै गुटले उनका इच्छा वेवास्ता गरेका छन् । यस अघि २०७४ को स्थानीय तह निर्वाचनमा समन्वय समितिको प्रमुख बनाउन वडा सदस्य लडाउने आश्वासन दिएर अन्तिममा रोकिएको थियो ।

२०७४ को निर्वाचनमा काँग्रेस केन्द्रीय सदस्य साउँद सहित नेताहरु बलदेब बोहरा, बहादुर सिह थापा, दिवान सिह विष्ट लगायतले भीमदत्त नगरपालिका १८ बाट वडा सदस्य उम्मेदवार बनाएर समन्वय समितिको प्रमुख बनाउने आश्वासन दिएका थिए । चुनाव आएपछि काँग्रेस केन्द्रीय सदस्य रमेश लेखकले ईश्वरी जोशीलाई समन्वय प्रमुखका लागि उम्मेदवार बनाएर टिकट दिएपछि सिह पछि हट्न बाध्य भएका थिए ।

बहुदल स्थापनापछि २०४९ मा भएको पहिलो स्थानीय तह निर्वाचनमा भने सिहलाई काँग्रेसले मेयरको टिकट खोजेको थियो । काँग्रेस नेता यज्ञराज जोशीका लागि सिहले छाडि दिएका थिए ।  सिह सहित प्रेम विष्ट र जोशी मेयरका आकाँक्षी थिए ।

काँग्रेसले जोशीलाई मेयर र यज्ञराज चटौतलाई उप मेयरको टिकट दिएको थियो । जोशी काँग्रेस जिल्ला सभापति हुँदै केन्द्रीय आमन्त्रित केन्द्रीय सदस्य भई सकेका छन् । ‘२०४९ को निर्वाचनमा मेयर दिएको हो, पछाडि हटे,’ उनले भने,‘त्यति बेला त्यतिसम्म त्याग गरे, अहिले त यस्तो फल पाए ।’

राजनीतिसंगै सिह निर्माण र सामाजिक सेवामा पनि सक्रिय छन । नेपाल रेडक्रस सोसाइटी, कञ्चनपुर निर्माण व्यवसायी संघ, जनसेवा माध्यमिक विद्यालय हल्दुखाल, लाइन्स क्लब, जेसिज, दशरथ स्पोर्टस क्बल लगायतका संस्थामा जिम्मेवारी निर्वाह गरि सकेका छन् ।

कञ्चनपुर निर्माण व्यवसायीको अध्यक्ष हुँदा उनले काँग्रेसका केन्द्रीय सदस्य पूर्व मन्त्री लेखकलाई संघको कानुनी सल्लाहकार बनाएका थिए । २०२९ मा एसएलसी उत्तीर्ण गरेपछि सिहले बझाङ्गको बानिचौर माध्यमिक विद्यालयमा ६ महिनासम्म निःशुल्क शिक्षण गरेका थिए ।

काँग्रेस छाडेपछि नयाँ पार्टीको नेतृत्व लिएका उनी केन्द्रीय निर्देशन अनुसार पार्टीका कार्यक्रम अघि बढ्ने बताउँछन् । ‘पार्टीको भदौ १६ गते बैठक बस्दैछ, त्यसका आधारमा अघि बढ्छौ’ उनले भने ।

ghar sansar
सम्बन्धित
Loading...