दार्चुलामा जिप दुर्घटना, पाँच जना घट्नास्थलमै मृत्यु

महेन्द्रनगर । दार्चुलामा जिप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । शैल्यशिखर नगरपालिका–६ उल्लानीमा से१ज ५५१ नम्बरको जीप दुर्घटना हुँदा ५ जनाको ज्यान गएको प्रदेश ट्राफिक कार्यालय अत्तरियाले जनाएको छ ।

जीप गोकुलेश्वरबाट जिल्ला सदरमुकाम खलंगातर्फ गइरहेको थियो । प्रहरीको टोली भर्खरै दुर्घटनास्थल पुगेको र विस्तृत विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

प्रहरीका अनुसार जीप सडकबाट करिब २ सय ५० मिटर तल खसेको छ ।

Sisu
सम्बन्धित
Loading...