बेदकोटमा माओवादी समाजवादीले पाए धोका, प्राथमिकता दिएर वडा अध्यक्ष चुनाव लडाइएका भट्ट एमाले फर्किए

महेन्द्रनगर । स्थानीय तह निर्वाचनमा नेकपा माओवादी र एकीकृत समाजवादी गठबन्धनले उच्च प्राथमिकता दिएर बेदकोट नगरपालिका ४ मा वडा अध्यक्षका उम्मेदवार बनाएका भास्कर भट्ट नेकपा एमाले फर्किएका छन् । उनी स्थानीय तह निर्वाचन घोषणापछि पाँच महिना अघि एमाले छाडेर समाजवादी गएका थिए ।

बेदकोट ४ का निवर्तमान वडा अध्यक्ष भट्ट अर्को पटक चुनावमा हारेर अध्यक्ष हुन नसकेका उनी बुधबार एमाले फर्किएका छन् । उनी २०७४ को निर्वाचनमा एमालेबाट वडा अध्यक्ष निर्वाचित भएका थिए । उनी चुनावमा तेस्रो भएका थिए ।

janjyoti campus

एमाले केन्द्रीय सदस्य लगायतका नेताले भट्टलाई टीका लगाएर पार्टीमा स्वागत गरेका छन् । भट्टले सार्वजनिक विज्ञप्तिमा एमाले छाडेपछि आफू दुःखित भएको र पश्चाताप गर्दै फर्र्किएको उल्लेख गरेका छन् ।

समाजवादी र माओवादीले माओवादी केन्द्रका युवा नेता राजुराम सार्कीलाई रोक्न भट्टलाई टिकट दिएका थिए । वडा अध्यक्षमा टिकट नपाएपछि सार्की स्वतन्त्रबाट लडेका थिए । उनले अघिल्लो निर्वाचनमा माओवादी केन्द्रबाट चुनाव लडेर चार सय बढी मत पाएका थिए ।

भट्टलाई समाजवादीका जिल्ला इन्चार्ज लाल बहादुर खड्का, बीर बहादुर बुढाथोकी, बेदकोटका निवर्तमान मेयर अशोक चन्द लगायतका नेताका साथ थियो । सबै नेताको साथ पाएपछि माओवादी समाजवादी गठबन्धनमा भट्टलाई उम्मेदवार बनाउन समाजवादीको भाग लगाइएको थियो । उनीहरुमध्ये नेता बुढाथोकी र चन्द भट्टका वडाका वासिन्दा हुन् ।

बेदकोटमा समाजवादी मेयर र माओवादी केन्द्र उप मेयर चुनाव लडेका थिए । मेयर उप मेयर दुबैमा गठबन्धन पराजित भएको थियो ।

ghar sansar
सम्बन्धित
Loading...