दोधारा प्राथमिक स्वास्थ्य केन्द्रका पूर्व डाक्टर चौधरी सम्मानित

महेन्द्रनगर । दोधारा प्राथमिक स्वास्थ्य केन्द्रका पूर्व डाक्टर गगन चौधरी सम्मानित भएका छन् । जिल्ला समन्वय समिति कञ्चनपुरले विश्व मानवीय दिवस–२०७९ मा कोभिड १९ महामारीमा डा. चौधरीले पुगाएको योगदानको कदर गर्दै सम्मान गरिएको छ । चौधरीलाई कदर पत्र सहित दोसल्ला ओढाएर सम्मान गरिएको छ ।

समन्वय समिति कञ्चनपुरको आयोजना र नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) तथा डिसीए नेपालको सहकार्यमा  कार्यक्रम गरिएको छ । कार्यक्रममा दोधारा चाँदनी नगरपालिकाका मेयर किशोर कुमार लिम्बु सहित जनप्रतिनिधि, विभिन्न क्षेत्रका व्यक्तिलाई सम्मान गरिएको छ ।

Sisu
सम्बन्धित
Loading...