काँग्रेसको चुनावी अभियानका लागि सुदूरपश्चिममा खटिए प्रतिनिधि, साउँदलाई कैलाली र लेखकलाई पुख्र्यौली जिल्लाको जिम्मेवारी

महेन्द्रनगर । सुदूरपश्चिमका सबै जिल्लामा नेपाली काँग्रेसले आगामी निर्वाचन लक्षित अभियानका लागि जिल्लामा पनि केन्द्रीय प्रतिनिधि खटाएको छ । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनलाई लक्षित गरी काँग्रेसले तीन चरणमा ‘जनताको साथमा कांग्रेस’ अभियान सञ्चालन गर्न केन्द्रीय प्रतिनिधि खटाएको हो ।

बाजुरामा अर्जुनजंगबहादुर सिंह, बझाङमा गोविन्दबहादुर शाह, डोटीमा नृपबहादुर वड, अछाममा रण बहादुर रावल, दार्चुलामा यज्ञराज जोशी, बैतडीमा रमेश लेखक, डडेलधुरामा ईश्वरी न्यौपाने, कञ्चनपुरमा रामजनम चौधरी र कैलालीमा एनपी साउदलाई केन्द्रीय प्रतिनिधिका रुपमा खटाइएको हो ।

janjyoti campus

पहिलो चरणमा भदौ १० गतेदेखि बीपी जयन्तीसम्म, दोस्रो चरणमा समानुपातिक उम्मेदवारी दर्ता भएपछि र तेस्रो तथा निर्णायक चरण प्रत्यक्षतर्फ उम्मेदवारी दर्तापछि जनताको घरदैलोमा पुगेर राष्ट्रिय राजनीतिका समस्या र कांग्रेसका एजेन्डाबारे प्रचार प्रसार तथा संगठन सुदृढीकरणको काम हुनेछ ।

काँग्रेसले केन्द्रीय प्रतिनिधिहरूलाई अभियान सुरू हुनुभन्दा दुई दिन अगावै सम्बन्धित जिल्ला पुगेर अभियानलाई सफल बनाउन निर्देशन गरेको छ । केन्द्रीय प्रतिनिधिहरू सम्बन्धित जिल्लामा कम्तिमा पाँच दिनसम्म कार्यक्रममा सहभागी हुनु पर्नेछ ।

ghar sansar
सम्बन्धित
Loading...