ghar sansar

यातायातका कर्मचारी कुँबरमाथि दुव्र्यवहार आरोपमा एक जना पक्राउ

khasi

महेन्द्रनगर । यातायात व्यवस्था कार्यालय कञ्चनपुरका सहायक कम्प्युटर अपरेटर बिमल कुँबरमााथि दुव्र्यवहार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।

प्रहरीले भीमदत्त नगरपालिका–१८ का हेमन्त चन्दलाई बिहीबार दुव्र्यवहार गरेको आरोपमा नियन्त्रणमा लिएको हो ।
बुधबार दिउँसो सहायक कम्प्युटर अपरेटर कुँवरमाथि कार्यालयमै गालीगर्लौज र हातपातको प्रयास गरिएको थियो ।

यातायात व्यवस्था कार्यालय कञ्चनपुरका सूचना अधिकारी रामदत्त भट्टले बुधबार दिउँसो ३ः३० बजेतिर कार्यालयमा प्रवेश गरेका चन्दले कुँवरलाई गालीगलौज गर्दै हातपातको प्रयास गरेको जानकारी दिए । कार्यालयमा प्रवेश गरी गालीगलौज गर्न थालेपछि केही समय कार्यालयको कामकाजसमेत प्रभावित भएको उनले बताए ।

dirghayi clinic

यद्यपि चन्द कार्यालयको सेवा प्रवाहको विषयलाई लिएर आक्रोशित नभएको सूचना अधिकारी भट्टले बताए। उनका अनुसार चन्दले व्यक्तिगत घटनाको विषयलाई लिएर सहायक कम्प्युटर अपरेटर कुँवरलाई गालीगलौज गर्दै हातपातको प्रयास गरेका थिए ।

कार्यालयले प्रेस विज्ञप्ति जारी गर्दै सार्वजनिक सेवामा खटिएका राष्ट्रसेवक कर्मचारीमाथि हातपात तथा गालीगलौज गर्ने चन्दलाई कानुनी कारबाहीको दायरामा ल्याउन माग गरेको छ ।

सहायक कम्प्युटर अपरेटर कुँवरमाथि हातपातको प्रयास गरेको आरोपमा भीमदत्त नगरपालिका–१८ का चन्दलाई महेन्द्रनगर बजार क्षेत्रबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक वीरेन्द्रसिंह थापाले जानकारी दिए ।

उनका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ।

Himal dental
सम्बन्धित
Loading...