ghar sansar

महाकाली नदीमा डुबेर दोधारा चाँदनीका १० वर्षिया बालिका वेपत्ता

little buddha academy
khasi

दोधारा । महाकाली नदीमा नुहाउने क्रममा एक बालिका वेपत्ता भएकी छन् । दोधारा चाँदनी नगरपालिका ७ की १० वर्षिया सन्ध्या सुनार बुधबार विहान महाकाली नदीको घकनाघाटमा नदीमा डुबेर वेपत्ता भएकी हुन् ।

dirghayi clinic

दोधारा चाँदनी नगरपालिका ९ स्थित आफन्तको घरमा बस्दै गएकी उनी विहान आफन्त अन्जली सुनार सहित नदीमा नुहाउन गएकी हुन् । स्थानीयका अनुसार नुहाउने क्रममा नदीमा डुबेका दुई जनामध्ये अन्जली बाहिर निस्केकी थिइन् ।
अन्जली १५ वर्षकी छन् ।

,orning glory badhai

दोधारा चाँदनी नगरपालिका मेयर किशोर कुमार लिम्बु सहित सुरक्षाकर्मी र स्थानीय घकनाघाट पुगेका छन् । सुरक्षाकर्मी र स्थानीयले वेपत्ता बालिकाको खोजी थालेका छन् ।

Himal dental
सम्बन्धित
Loading...