ghar sansar

कृष्णपुरमा एमालेको लोकतान्त्रिक आदिवासी जनजाति महासंघको नगर कमिटी गठन, अध्यक्षमा राना चयन

khasi

महेन्द्रनगर । कृष्णपुर नगरपालिका नेकपा (एमाले) सम्बद्ध लोकतान्त्रिक आदिवासी जनजाती महासंघ नेपालको नगर कमिटी चयन गरिएको छ । महासंघको नगर भेलाबाट हरिकृष्ण रानाको अध्यक्षतामा २७ सदस्यीय नगर कमिटी गठन गरिएको छ ।

कमिटीको उपाध्यक्षमा चेहरु चौधरी, सचिव राज कुमारी राना, कोषाध्यक्ष प्रदेशनी चौधरी चय भएका छन् । महासंघका जिल्ला अध्यक्ष रमिता राना बडायकको अध्यक्षतामा भएको कार्यक्रममा एमाले केन्द्रिय कमिटी सदस्य एवम् लोकतान्त्रिक आदिवासी जनजाती महासंघ नेपालका केन्द्रिय सदस्य कृपाराम राना प्रमुख अतिथि थिए ।

dirghayi clinic

कार्यक्रममा एमाले केन्द्रिय कमिटी सदस्य एवम् कञ्चनपुर जिल्ला सह–इन्चार्ज नर बहादुर धामी, प्रदेश कमिटी सदस्य जयराज पाण्डेय, बचन बहादुर सिह, जिल्ला उपाध्यक्ष लक्ष्मी बुढा, जिल्ला कमिटी सचिवालय सदस्य तथा कृष्णपुर नगर इन्चार्ज लोकेन्द्र प्रसाद पन्त, एमाले जिल्ला कमिटी सदस्य लोकेन्द्र बिष्ट, अर्जुन भट्ट, कृष्णपुर नगर कमिटी अध्यक्ष गणेश सिंह ऐरी, उप सचिव भजना राना लगायत नेता कार्यकर्ता सहभागी भएका छन् ।

महासंघका जिल्ला सचिव राज कुमार रानाले कार्यक्रम सञ्चालन गरेका थिए ।

Himal dental
सम्बन्धित
Loading...