ghar sansar

निर्माण व्यवसायी संघको अध्यक्षमा अवस्थीको उम्मेदवारी घोषणा

khasi

महेन्द्रनगर । निर्माण व्यवसायी संघ कञ्चनपुरका वरिष्ठ उपाध्यक्ष पुष्पराज अवस्थीले संघको १४ औं अधिवेशनमा अध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन् । वरिष्ठ उपाध्यक्ष अवस्थीले बिहीबार पत्रकार सम्मेलन गरी उम्मेदवारी घोषणा गरेका हुन् ।

संघको २५ औं साधारण सभा तथा १४ औं अधिवेशनमा भदौ २५ गते तोकिएको छ । वरिष्ठ उपाध्यक्ष अवस्थीले निर्माण व्यवसायी र संघको हकहित सहितका एजेण्डा सहित अध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन् ।

‘निर्माण व्यवसायीको पेशागत हकहित, हक अधिकार, संघको सुदृढीकरण, आर्थिक अवस्था सुधार, संघमा आवद्ध हुन नसकेका व्यवसायीलाई संघमा ल्याउने लगायतका एजेण्डा लगेर निर्माण व्यवसायी सबै साथीहरुसित सहयोग मागि रहेको छु’ पत्रकार सम्मेलनमा उनले भने,‘आज म यहीं पत्रकार सम्मेलनबाट अध्यक्षमा उम्मेदवारी घोषणा गर्छु र सबै व्यवसायीलाई सहयोगका लागि आग्रह गर्दछु ।’

अध्यक्षका उम्मेदवार अवस्थीले संघको १३ औं अधिवेशनमा वरिष्ठ उपाध्यक्षमा निर्वाचित भएका हुन् । निर्माण व्यवसायमा २०५४ देखि आवद्ध उनी संघको सदस्यm उपाध्यक्ष हुँदै वरिष्ठ भएका हुन् । उनी कञ्चन राष्ट्रिय निर्माण सेवाका सञ्चालक हुन् ।

dirghayi clinic

‘२०५४ मा यो व्यवसायमा आएपछि संघको सदस्य भए, त्यसपछि उपाध्यक्ष, वरिष्ठ उपाध्यक्ष भए, यहाँसम्म सबैको साथ सहयोग छ’ उनले भने,‘यस पटक फेरि अध्यक्षमा सबैको साथ सहयोग पाउने आशा लिएको छु ।’

संघमा तीन चार व्यवसायी आवद्ध हुन नभएकाले उनीहरुलाई संघमा ल्याउने कार्यलाई आफूले प्राथमिकता दिने उनले बताए । ‘संघमा अहिलेसम्म ३÷४ सय व्यवसायी आवद्ध छन्, त्यति नै बाहिर छन्, म वहाँहरु सबैलाई संघमा ल्याउने कार्य गर्छुृु’ उनले भने ।

संघका आगामी कार्य समिति निर्वाचन वा सर्वसम्मत बनाउने दुबै विकल्पमा आफू सहमत हुने उनले बताए । ‘संघका सबै अग्रजले सहमितका लागि प्रयास गर्नु भयो, समिति सर्वसम्मत हुन्छ भने म त्यसमा वाधक हुँदैन’ उनले भने,‘चुनाव भए पनि बाधक हुँदैन, सबैको सल्लाह अनुसार अघि बढ्छु ।’

संघको आगामी नेतृत्वका लागि निवर्तमान वरिष्ठ उपाध्यक्ष निरञ्जन प्रसाद भट्टले यस अघि नै उम्मेदवारी घोषणा गरि सकेका छन् । उनी यस अघि १३ औं महाधिवेशनमा अध्यक्षमा पराजित भएका थिए ।

संघले भदौ २५ गते साधारण सभा र अधिवेशन तोकेपछि अध्यक्षका दुबै प्रतिस्पर्धीले आन्तरिक तयारी अघि बढाई सकेका छन् ।

संघमा तीन सय बढी मतदाता छन् । संघका वर्तमान अध्यक्ष प्रेमप्रकाश भट्टले संघमा फेरि दोहोरिने अनिच्छा देखाई सकेका छन् ।

Himal dental
सम्बन्धित
Loading...