
कार्यकाल सकिन लाग्दा सुदूरपश्चिम सरकारका मन्त्री र साँदसलाई योजना शिलान्यासको चटारो, एकै दिन आधा दर्जन योजनाको शिलान्यास

महेन्द्रनगर । सुदूरपश्चिम सरकारका मन्त्री र साँसदले कार्यकाल सकिन थालेपछि शिलान्यास कार्यक्रमलाई प्राथमिकता दिएका छन् । उनीहरु एकै दिन आधा दर्जन विकास योजना शिलान्यास गर्न थालेका छन् ।
आगामी मंसिर ४ गते प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचन मिति घोषणा भएपछि उनीहरु आफ्नो हातबाट शिलान्यास कार्यक्रम छुट्ने भयले हतार गर्न लागेका छन् ।

कञ्चनपुर निर्वाचन क्षेत्र नं. १ मा बुधबार एकै दिन ६ योजनाको शिलान्यास गरिएको छ । बेलडाँडी, बेलौरी र पुर्नवासमा एकै दिन पुल र सडकका ६ योजानको शिलान्यास गरिएको छ ।
सुदूरपश्चिम प्रदेश सरकार भौतिक पूर्वाधार मन्त्रालय अन्तरगत चालु आर्थिक बर्ष २०७९÷०८० मा पूर्वाधार विकास कार्यालय कञ्चनपुर मार्फत सञ्चालित हुने पुल र सडकका योजनाको शिलान्यास गरिएको छ ।
पूर्वाधार विकास कार्यालय कञ्चनपुरका सुचना अधिकारी ईन्जिनियर हेमराज भट्टले ठेक्का सम्झौता भईसकेका ३ सडक र ३ पुलका योजना कार्यान्वयनका लागि शिलान्यास गरिएको बताए ।
बुधबार एकैदिन भौतिक पूर्वाधार राज्यमन्ी कुलबिर चौधरी र पुर्व आर्थिक मामिला तथा प्रदेश सभा सदस्य तारालामा तामाङ्गले स्थानीय जनप्रतिनिधीको उपस्थितिमा योजनाको शिलान्यास गरेका छन् ।
पूर्वाधार विकास कार्यालय कञ्चनपुरका सुचना अधिकारी ईन्जिनियर भट्टले बेलडाँडीको चौधर नदीमा पक्कीपुल, बेलडाँडी ३ र बेलौरी ९ जोड्ने कमरी किचाई खोलामा पक्की पुल र पुनर्वास नगरपालिका १० कमैया नालाका पक्की पुल निर्माण हुने बताए ।
यस्तै बेलौरी नगरपालिका ६ रिछाहदेखि विद्युत वितरण केन्द्र, गोकुलपुर हुँदै बन्दाताल सडक, पुनर्वास नगरपालिका ४ कोटिहोमदेखि नगरपालिका भवन र विचफाँटा पुर्नवास सडक कालोपत्रे हुने छन । पुर्व आर्थिक मामिलामन्त्री तथा प्रदेश सभा सदस्य तामाङ्गले लमैया नाला, विचफाँटा सडक र कोटिहोम सडकको शिलान्यास गर्दै आफ्नो पहलमा उक्त आयोजना निर्माण हुने बताए ।
पुर्वमन्त्री तामाङ्गले आफु मन्त्री हुँदा उक्त योजनाहरु हालिएको बताउदै विकासका राजनीति नभई सहमती गर्नुपर्नेमा जोडदिए । भौतिक पूर्वाधार राज्यमन्त्री कुलबिर चौधरीले पनि बेलडाँडीको चौधर नदीमा पक्की पुल, कमरीमा पक्की पुल र रिछाह–बन्दाताल सडकको शिलान्यास गर्दै प्रदेश सरकारबाट तीनै पालिकामा संचालित हुने योजना समयमै कार्यान्वयन गर्न निर्माण कम्पनीलाई आग्रह गरेका छन् ।
सुदूरपश्चिम प्रदेश सरकार भौतिक पूर्वाधार मन्त्रालय अन्तरगत पूर्वाधार विकास कार्यालय कञ्चनपुर मार्फत पुनर्वास नगरपालिका १० लमैया नालामा पक्की पुल निर्माणका लागि वाईआर हटैराज जेभी कम्पनीले ३ करोड, ३३ लाख, ७९ हजार लागतमा आगामी असार ०८१सम्म पुल निर्माण गरि सक्नु पर्ने छ । यी सबै योजानका लागि अघिल्लो आर्थिक वर्षमा सम्झौता भएको थियो ।
१७ किलोमिटर सडक कालोपत्रेका लागि पुनर्वास नगरपालिका ९ विचफाँटा सडकको जिम्मा शंकर जोशी भेजीले पाएको छ । १६ करोड, २५ लाख, २७लाख लागतमा आगामी असार ०८१मा निर्माण गरिसक्नुपर्नेछ ।
पुनर्वास नगरपालिका ९का निर्वतमान अध्यक्ष नारायण जैसीले विगतकै जनप्रतिनिधीका पालामा उक्त सडक कालोपत्रेका लागि योजना माग गरिएको बताए । ‘हामीले विचफाँटादेखि नगरपालिका आईबिआरडी जोड्ने सडकको योजना माग गरेका थियौँ, ‘उनले भने, ‘ढिलै भएपनि प्रदेश सरकारले बजेट दिएको छ ।’
पुनर्वास नगरपालिका ४ कोटिहोमदेखि नगरपालिका भवनसम्म झण्डै ३.७ किलोमिटर कालोपत्रेका लागि महरा निर्माण सेवाले ५ करोड, ३९ लाख, ७५ हजार लागतमा ठेक्का सम्झौता गरेको छ । आगामी असार मसान्त ०८१मा उक्त सडक निर्माण गरिसक्नुपर्नेछ ।
बेलौरी नगरपालिका ६ रिछाहदेखि विद्युत कार्यालय हुँदै बन्दातालसम्म सडक कालोपत्रेका लागि मित्र अमृत भागेश्वर जेभीले ९ करोड, ५ ५लाख, ६९ हजारमा ठेक्का पाएको छ । उक्त सडक आगामी असार मसान्त ०८१सम्म निर्माण गरि सक्नु पर्नेछ ।
बेलौरी नगरपालिका ९ रतनपुर र बेलडाँडी गाँउपालिका ३ खैरीघाट जोड्ने कमलरीकिचाई नालामा पक्की पुल निर्माणका लागि स्वाँर कस्क्ट्रक्सन प्रालिले ५ करोड, २६ लाख, ३१ हजार लागतमा ठेक्का लिएको छ । आगामी असार मसान्त ०८१ मा पुल निर्माण गरिसक्नुपर्नेछ ।
पुल निर्माण भएसंगै दुवै पालिका स्थानीय सहित विद्यार्थीलाई सहज हुने बेलौरी नगरपालिका बषौँपछि बेलडाँडी गाँउपालिका ५ईमलियादेखि राधापुर जोड्ने चौधर नदीमा पक्की पुल निर्माण हुने भएको छ ।
चौधर नदीमा पक्की पुल निर्माणका लागि मित्र बिल्र्डस प्रालिले १२ करोड, ३६लाख, १४ हजार लागतमा आगामी असार मसान्त ०८१सम्ममा पुल निर्माण गरिसक्नेछ । ३ स्थान सहित झण्डै सय मिटरको पक्की पुल निर्माण हुने भएको छ ।
पूर्वाधार विकास कार्यालय कञ्चनपुरका सुचना अधिकार समेत रहेका साईड इन्चार्ज हेमराज भट्टले सबै निर्माण व्यवसायीलाई समयमै गुणस्तरिय योजना सम्पन्न गर्न आग्रह गरेका छन । सबै निर्माण व्यवसायीले सम्झौता अवधिमै काम गरिने प्रतिबद्धता जोहर गरेका छन् ।
