ghar sansar

दाई भाई फेरि होलान त चुनावी मैदानमा

महेन्द्रनगर । आउँदो मंसिर ४ गते हुने आम निर्वाचनमा कञ्चनपुर–३ बाट उमेदवार बन्ने नेताहरुको चर्चा हुन थालेका छन् । कांग्रेसका नेता रमेश लेखक, नेकपा (एमाले)का नेताहरू निरुदेवी पाल, डा. दीपक प्रकाश भट्ट, राजेन्द्र रावल लगायत व्यक्तिको क्षेत्र हो । सो क्षेत्रमा नेकपा (माओवादी केन्द्र)का प्रभावशाली नेता देखिएका छैनन् ।

काँग्रेसबाट प्रतिनिधि सभा रमेश लेख्न चुनाव लड्ने निश्चित छ । उनी २०५६ देखि सबै चुनाव लड्दै आएका छन् । एमालेमा भने अध्यक्ष केपी शर्मा ओलीले रुचाएकाले व्यक्तिले टिकट पाउने सम्भावना भएको नेताहरु बताउँछन् ।

lotus institite

अध्यक्ष ओलीले स्थानीय तह निर्वाचनमा जसरी टिकटमा हस्तक्षेप गरे पोलिटब्युरो सदस्य राजेन्द्र सिह रावल र निरुदेवी पालमध्ये एक जनाले  टिकट पाउने सम्भावना छ । ओलीको हस्तक्षेप नभए साँसद दिपक प्रकाश भट्ट फेरि चुनावी मैदानमा आउने छन् ।

ओलीको रोजाईमा पर्ने पाल र रावल दुबै यस अघि संविधान सभा निर्वाचनमा चुनाव लडि सकेका छन् । साँसद भट्टको बलियो जनमत भएकाले अध्यक्ष ओली साँसद भट्टलाई फेरि टिकट दिन बाध्य हुने नेताहरुको आशंका छ ।

स्थानीय तह निर्वाचनमा अध्यक्ष ओलीले टिकट हस्तक्षेप गरेपछि एमालेले अनपेक्षित नतिजा व्यहारेको थियो । अध्यक्ष ओली यस पटक आफूसित पहुँच भन्दा जनमत हेरेर टिकट दिने मनस्थितिमा देखिएको उनलाई भेटेर फर्किएका नेताहरु बताउँछन् ।

०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा यहाँबाट हालका प्रधानमन्त्री शेरबहादुर देउवा विजयी भएका थिए । देउवासित एमालेका रावल चुनाव लडेका थिए । त्यससछि भएको उप निर्वाचनमा पाल चुनाव लडेकी हुन् । उनीहरु दुबै पराजित भएका थिए । अहिले उनीहरु दुबै एमालेका पोलिटब्युरो सदस्य छन् । उनीहरु दुबै जना अध्यक्ष ओली नजिकका हुन् ।

काँग्रेसले आफ्नो बलियो प्रभाव क्षेत्र मान्दै आएको दोधारा चाँदनी नगरपालिकामा यो पटक एमालेका उमेदवार मेयरमा विजयी भएपछि उसको प्रभाव घट्दै गएकाले आँकलन गरिएको हो । तर, गठबन्धन नभए पनि यो पटक आफूहरूले नै जित्ने कांग्रेस नेताहरूले दाबी गर्दै आएका छन् ।

०७४ को निर्वाचनमा रमेश लेखक वाम गठबन्धनका उमेदवार तथा एमाले नेता डा. दीपकप्रकाश भट्टसँग पराजित भएका थिए । मतान्तर भने कम थियो । त्यसैले यो पटक आफूहरू विजयी हुने कांग्रेसका नेता–कार्यकर्ताको दाबी छ ।

daimond public

०७४ मा कञ्चनपुर–३ बाट भट्ट २६ हजार ३६४ मत प्राप्त गर्दै विजयी भएका थिए । लेखकले २६ हजार १०६ मत ल्याएका थिए । तत्कालीन समयमा भट्टलाई माओवादीको पनि समर्थन थियो ।

भीमदत्त र दोधारा चाँदनी गरी दुई नगरपालिका रहेको सो क्षेत्रमा निर्वाचनको चहलपहल सुरु भइसकेको छ । ०७४ को स्थानीय तह निर्वाचनमा भीमदत्तका मेयर र उपमेयरसहित बहुमत वडा कांग्रेसले जितेको थियो । दोधाराचाँदनीको मेयर एमालेले अहिले पहिलोपटक जितेको हो ।

यसले आम निर्वाचनको प्रतिस्पर्धा रोचक हुने अनुमान गरिएको छ । कञ्चनपुर–३ बाट कांग्रेसका लेखक नै उमेदवारका रूपमा दोहोरिने निश्चित प्रायः छ ।

कांग्रेसका कञ्चनपुर सभापति पदम बोगटी समग्र कञ्चनपुरमा कांग्रेसको अवस्था विगतमा भन्दा बलियो बनेको बताउँछन् । कञ्चनपुर–३ मा अझ बलियो अवस्था रहेको उनको भनाइ ।

उनले दोधार चाँदनीमा मेयरमा हारे पनि वडाध्यक्षको मत गन्दा कांग्रेस नै बहुमतमा रहेको बताए । ‘समग्रमा कञ्चनपुर जिल्लामै कांग्रेसको अवस्था विगतमा भन्दा सुधार भएको छ । क्षेत्र नम्बर–१, २ र ३ मै कांग्रेसको भोट बढेको छ ।’

बोगटीले भने, ‘क्षेत्र नम्बर–३ मा अघिल्लो चुनावमा भीमदत्त नगरपालिकामा मैले थोरै मतले मेयर हारेका हुँ, यसपटक सात हजार मतले जितेको छु । दोधारा चाँदनीमा प्रविधिक रूपमा मेयर हारेको छ । तर, वडाध्यक्षको मतमा हामी नै अगाडि छौँ ।’ यो पटक रमेश लेखक बलियो उमेदवार भएको उनले बताए ।

एमालेबाट अहिले सो क्षेत्रका सांसद भट्ट सहित पाल, रावल लगायत नेताको चर्चा छ । सो क्षेत्रबाट भीमदत्तका निवर्तमान मेयर सुरेन्द्र विष्ट प्रदेश सभाका लागि उमेदवार बन्ने सम्भावना छ ।

एमाले नेताहरूले सो क्षेत्रबाट पाल उमेदवार बन्ने सम्भावना बलियो रहेको बताएका छन् । पाल अहिले एमालेको तर्फबाट समानुपातिक सांसद एवं प्रतिनिधिसभा अन्तर्गतको महिला तथा सामाजिक समितिकी सभापति छन् ।

एमालेको राप्रपासँग चुनावी तालमेल हुने बलियो सम्भावना छ । भीमदत्त र दोधारामा राप्रप्राको पनि राम्रो प्रभाव छ । यस्तोमा प्रदेशसभाका दुईमध्ये एक सिटमा राप्रपाका उमेदवार हुन सक्छन् । राप्रपासहितको एमाले गठबन्धन भएमा प्रतिस्पर्धा रोचक हुने नेता–कार्यकर्ताहरू बताउँछन् ।

(बाह्रखरी अनलाइनको सहयोगमा तयार)

 

Himal dental
सम्बन्धित
Loading...