ghar sansar

काठमाडौंका मेयरको प्रशंसा गर्दै भीमदत्तका मेयर बोगटीलाई पनि नगर विकासको जमिनमा बनेका अवैध संरचना हटाउन दबाव

महेन्द्रनगर । काठमाडौं महानगरका मेयर बालेन शाहले डोजर लगाएर अवैध संरचना भत्काउन सुरु गरेपछि विभिन्न क्षेत्रका व्यक्तिले भीमदत्तका मेयर पदम बोगटीलाई पनि अतिक्रमित संरचना हटाउन दबाव दिन थालेका छन् । उनीहरुले भीमदत्त नगरपालिका मातहतको नगर विकास समितिको जमिन कब्जा गरी बनाएका अवैध संरचना भत्काउन दबाव दिएका हुन् ।

नगर विकास समितिको जग्गा वर्षौैदेखि अवैध रुपमा संरचना बनाएर कब्जा गरिएको छ । राजनीतिक दलका नेता, नगर विकास समितिका कर्मचारी, व्यवसायी, पत्रकार लगायतले गैर कानुनी रुपमा जमिन कब्जा गरी अवैध रुपमा संरचना बनाइएका छन् ।

lotus institite

डाक्टर खगेन्द्र भट्टले नगर विकास समितिको जग्गामा ठूलो राजनीतिक पद बोकेकाले कब्जा गरेकाले मेयर बोगटीले हटाउन डोजर चलाउन सक्ने कि नसक्ने नसक्ने भनेर फेसबुकमा जिज्ञासा राखेका छन् । उनले काठमाडौंमा मेयर बालेन शाहले अल्काविटा घर भत्काएको पनि उल्लेख गरेका छन् ।

नागरिक समाजका अगुवाले पनि काठमाठौंका मेयर बालेनको प्रशंसा गर्दै भीमदत्तका मेयर बोगटीलाई अवैध संरचना हटाउनु पर्ने सुझाव दिएका छन् । उनीहरुले फेसबुकमा भीमदत्त नगरपालिकाको ध्यान अवैध संरचनामा जानु पर्नेमा जोड दिएका छन् ।

daimond public

नागरिक समाजका अगुवा भवराज रेग्मीले भीमदत्त नगर विकास समितिको अतिक्रमण हटाउने कि भनेर प्रश्न गरेका छन् ।

‘धरानमा हर्कले पानी ल्याए, काठमाडौंमा बालेनले अवैध संरचना हटाउँदै छन्, धनगढीमा गोपीले अतिक्रमित नाला सफाई गर्दैछन्’ फेसबुकमा उनले भनेका छन्,‘भीमदत्त नगर विकास समितिको अतिक्रमण हटाउन थाल्ने कि ?’

नगरिक समाजका अगुवा प्रभुनिधि पन्तले महेन्द्रनगर बजारको पुरानो नाम घुसुडी बजार लिदैं अवैध संरचनाको हाल खबर के छ भनेर सोधेका छन् । ‘हेल्लो घुसुडी बजार, के छ हाल खबर नगर विकासका अवैध संरचनाको ? ’ उनले फेसबुकमा भनेका छन्,‘नक्सा देखाए, डोजर चलाए, मैले के बिगारे ।’

फेसबुकमा अन्यले पनि नगर विकास समितिको अवैध अतिक्रमण हटाउन दबाव दिएका छन् । महेन्द्रनगर बजारका व्यवसायी गणेश भट्टले काठमाडौंका मेयर शाहको प्रशंसा गर्दै अन्य स्थानीय तहका मेयरले के गर्दैछन् भनेर प्रश्न गरेका छन् ।

भीमदत्त नगरपालिका मातहत आउन अघि नगर विकास समितिको जग्गा कब्जा गरी अवैध रुपमा संरचना बनाइएका छन् । होटेल ओपेरा पछाडि सबैभन्दा बढी अवैध संरचना निर्माण गरिएका छन् । स्थानीय प्रशासनले रोकेपछि निर्माण कार्य अलपत्र परेका संरचना हटाउन दुई वर्ष अघि भीमदत्त नगरपालिकाले डोजर पनि लगाएको थियो ।

 

Himal dental
सम्बन्धित
Loading...