ghar sansar

समाजवादीका नेता तामाङ्ग भन्छन्– एमाले फर्किने नफर्किने कुरा एक दुई दिनमा थाह हुन्छ

khasi

महेन्द्रनगर । सुदूरपश्चिम प्रदेश सभा सदस्य नेकपा एकीकृत समाजवादीका नेता तारालामा तामाङ्ग नेकपा एकीकृत समाजवादी छाडेर एमाले फर्किने समाचार बाहिर आएका छन् । उनी भने आफू फर्किने नफर्किने एक दुई दिनमा टुङ्गो लाग्ने बताँछन् ।

‘फर्किने नफर्किने भन्ने कुरा एक दुई दिनमा थाहा हुन्छ, अहिले केही छैन’ उनले भने,‘पार्टीमा अहिले केही विमती राखेका छौ, ती समाधान हुन्छन् कि हँुदैन भन्ने हो ।’

dirghayi clinic

नेता तामाङ्गले पार्टीमा आफ्नो विमती राखेको र ती विमती सम्बोधन हुने सम्भावना न्यून देखिएको बताए । ‘पार्टी बनाउने सवालमा केही विमती राखेका छौ, सम्बोधन कसरी गर्ने हो भनेर हेरि रहेका छौ’ उनले भने,‘सम्बोधन हुने अवस्था पनि छैन ।’

समाजवादीका अध्यक्ष माधव कुमार नेपालले पार्टीलाई नेकपा माओवादी केन्द्रमा मिसाउन खोजेको र एमसीसी पारित गर्न सहयोग गरेको भन्दै नेताहरु समाजवादी छाडेर एमाले फर्किन लागेको समाचार आएका छन् ।

नेता तामाङ्ग पनि काँग्रेस नेतृत्वको सत्तारुढ गठबन्धनमा असन्तुष्ट देखिएका छन् । ‘साथीहरुले गठबन्धन प्यारो मानि रहेका छन्, पार्टीभित्र हाम्रा विषयउ पनि छन्’ उनले भने ।

एमालेका नेताहरुले भने आफूलाई एमाले फर्किन पटक पटक आग्रह गर्दै आएको नेता तामाङ्गले बताए । ‘एमाले फर्किन के, त्यो हामीले नै बनाएको पार्टी हो, नेताहरुले पनि बारम्बार आग्रह गर्दै आउनु भाको छ’ उनले भने ।

Himal dental
सम्बन्धित
Loading...