बैतडीमा बलात्कार आरोपमा शिक्षक र स्वास्थ्यकर्मी पक्राउ

महेन्द्रनगर । बैतडीमा बलात्कारको आरोपमा बैतडीमा दुई जना पक्राउ परेका छन् । मेलौली नगरपालिका–५ का ३५ वर्षीय किशोर जोशी र सिगास गाउँपालिका–३ का २७ वर्षीय खगेन्द्र धामी छन् । जोशी शिक्षक हुन्। उनले कक्षा १० मा अध्ययनरत किशोरीमाथि ट्युशन पढ्न आएका वेला बिहीबार बलात्कार गरेको आरोप लागेको छ ।

सिगास गाउँपालिकाको एक स्वास्थ्य चौकीका इन्चार्ज रहेका धामीले गत असारमा स्थानीय महिलालाई करेसाबारीमा लगेर बलात्कार गरेको आरोप छ ।

पीडित दुबै महिला आफन्तकै संरक्षणमा रहेका जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी लोकराज जोशीले जानकारी दिए । प्रहरीले दुवै घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।

Sisu
सम्बन्धित
Loading...