ghar sansar

डडेल्धुरा काँग्रेसका सभापति साउँदले अलपत्र छाडेको मुसेपानी पुल निर्माण स्थलमा पनि लगाइयो कालो ब्यानर

khasi

महेन्द्रनगर । नेकपा (बहुमत) को युवा संगठन जन स्वयम् सेवक संगठनले राजेन्द्र निर्माण कम्पनीले लारवाही गरिएको बेदकोट नगरपालिकाको मुसेपानी खोला पुल निर्माण स्थलमा पनि कालो ब्यानर लगाएको छ ।

भीमदत्त नगरपालिका ११ भुजेला माताकुटियाबाट निर्माण कम्पनी विरुद्ध कालो ब्यानर लगाउने अभियान बिहीबार मुसेपानी पुगाइएको हो । पुल निर्माण स्थलमा ठेकेदार कम्पनीका सञ्चालक भीम साउँदको तस्बिर सहित उनले ठेक्का लिएर अलपत्र पारेका योजानको विवरण लेखिएको ब्यानर लगाइएको छ ।

Anant bahu travels

निर्माण कम्पनीका सञ्चालक साउँद काँग्रेस डडेल्धुरा सभापति एवम् परशुराम नगरपालिकाका निवर्तमान मेयर हुन् । उनी काँग्रेस सभापति एवम् प्रधानमन्त्री शेर बहादुर देउवाका विश्वासिला नेता हुन् ।

dirghayi clinic

बहुमतको युवा संगठनले एक महिना अघि साउँदलाई अलपत्र पारेका निर्माण कार्य सम्झौता अनुसार पूरा गराउन सडक डिभिजन कार्यालय महेन्द्रनगलाई ज्ञापन पत्र बुझाएको थियो । डिभिजन कार्यालयमा बुझाएको ज्ञापन पत्रको सुनुवाई नभएपछि संगठनले अलपत्र योजना ठेकेदार साउँदको तस्बिर सहित कामको विवरण लेखिएका कालो ब्यानर लगाएको हो ।

युवा जन स्वयम् सेवक नेपालक कञ्चनपुरका इन्चार्ज दिपेन्द्र ऐरीले विकास निर्माण कार्यको ठेक्का लिएर अलपत्र पारिएपछि दबावका लागि कालो ब्यानर लगाइएको बताए ।

‘ठेक्का लिएपछि निर्माण कार्यमा चरम लापरबाही गरिएको छ , योजना अलपत्र परेका छन्, खवरदारी गदै साउन २९ गते सडक डिभिजन कार्यलय महेन्द्रनगर मार्फत पुर्वाधार विकास तथा यातायात मन्त्रालय लाई ध्यानाकर्षण पत्र बुझाएका थियौ’ उनले भने, ‘तर निर्माण कम्पनी र सञ्चालकले कुनै चासो देखाए, त्यसपछि विरोध स्वरुप कालो ब्यानर लगाई रहेका छौ ।’

भीमदत्त नगरपालिका ११ भुजेलास्थित माताकुटिया पुल निर्माण स्थलबाट सुरु भएर कालो ब्यानर लगाउन अभियान मटेनाको कामिकाटे खोला पुल हुँदै मुसेपानी पुगाइएको हो । साउँदले जिल्लाभर अलपत्र पारेका अन्य निर्माण कार्यका निर्माण स्थलमा पनि ब्यानर लगाउने संगठनको तयारी छ ।

Himal dental
सम्बन्धित
Loading...