ghar sansar

तिलकपुरको बैजनाथ माविले दियो शिक्षकलाई ल्यापटप, विद्यार्थीलाई पोशाक

little buddha academy
khasi

महेन्द्रनगर । भीमदत्त नगरपालिका ३ नयाँ तिलकपुरस्थित बैजनाथ माध्यमिक विद्यालयले शिक्षकहरुलाई ल्यापटप दिएको छ । हरि तालिका तीजको अवसरमा विद्यालयमा कार्यक्रम गरी विद्यालयका १६ जना शिक्षकलाई ल्यापटप दिएको छ ।

कार्यक्रममा चालु शैक्षिक सत्रमा भर्ना भएका विद्यार्थीलाई विद्यालय पोशाक र विभिन्न प्रतियोगितामा विजयी विद्यार्थीलाई पुरस्कार प्रदान गरिएको छ ।

,orning glory badhai
dirghayi clinic

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चक्र बहादुर विष्टको अध्यक्षतामा गरिएको कार्यक्रममा प्रमुख अतिथि वडा अध्यक्ष गगन सिह धामीले ल्यापटप, पोशाक र पुरस्कार वितरण गरे ।

विद्यालयका प्रधानाध्यापक मदन बहादुर विष्टले शैक्षिक गुणस्तर वृद्धिका सहयोग पुग्ने अपेक्षा राखेर शिक्षकलाई ल्यापटप दिइएको बताए ।

कार्यक्रममा साकेतधाम कृषि सहकारी संस्थाका उपाध्यक्ष दिपेन्द्र बहादुर विष्ट, भीनपा ३ का वडा सदस्यहरु बिर बहादुर महता, मीना कुँबर ठगुन्ना, तिलाचौर खानेपानी सरसफाई आयोजनाका कोषाध्यक्ष दान बहादुर विष्ट, विद्यालय व्यवस्थापन समितिका सदस्य बीर बहादुर विष्ट, नव दुर्गा कालिका आधारभूत विद्यालयका प्रधानाध्यापक नर बहादुर धामी, प्रधानाध्यापक मदन बहादुर विष्ट लगायतका सहभागी भएका छन् ।

विद्यालयका शिक्षक अम्बादत्त जोशीले सञ्चालन गरेको कार्यक्रममा प्रधानाध्यापक विष्टले स्वागत मन्तव्य राखेका थिए । उनले विद्यालयको शैक्षिक र भौतिक पूर्वाधार विकासका लागि वडा, नगर, प्रदेश र संघ सबै सरकारको सहयोग चाहिएको बताए ।

Himal dental
सम्बन्धित
Loading...