
महेन्द्रनगर । नेपाल कम्युनिस्ट पार्टी (एमाले ) साँफेबगर नगर कमिटीको पूर्ण बैठकले अछाम निर्वाचन क्षेत्र नं. १ बाट डा. भीम रावलको नाम प्रतिनिधि सदस्य निर्वाचनका लागि सिफारिश गर्ने निर्णय गरेको छ ।
नगर कमिटी अध्यक्ष ढकेन्द्र बहादुर कुँवरको अध्यक्षतामा भएको बैठकमा रावलको नाम एकल रुपमा सिफारिश गर्ने निर्णय गरिएको हो । बैठकमा पार्टी सुदृढीकरण, एक घर एक संगठित सदस्य बिस्तार गर्ने लगायतका निर्णयहरु गरिएका छन् ।

एमाले प्रदेश कमिटी सदस्य देब बहादुर कुँवर प्रमुख आतिथ्यमा गरिएको बैठकमा प्रदेश कमिटी सदस्य जयन्द्र स्वार, पशुपति कुँवर, जिल्ला कमिटी सचिवालय सदस्य तथा संगठन विभाग प्रमुख प्रकाश शाह , जिल्ला कमिटी सदस्य केशर मिया , सागर बाब्ली , कार्यालय सचिव गणेश कुँवर, अनेरास्ववियु अछाम जिल्ला सचिव भिम बडाहित लगायतका नेता सहभागी भएका छन् ।
