
महेन्द्रनगर । महेन्द्रनगरस्थित सब्जीमण्डीमा फोहरको दुर्गन्ध फैलिएपछि भीमदत्त नगरपालिकाका जनप्रतिनिधि आफैंले गएर सरसफाई गरेका छन । भीमदत्त नगरपालिकाका उप मेयर निलम लेखक जोशी सहितले शनिबार मण्डीको फोहर सफा गरेका छन् ।
भीमदत्त नगरपालिका स्वामित्वको मण्डीमा कञ्चनपुर मण्डी व्यवसायी समितिमा आवद्ध भएर व्यवसायीले कारोबार गर्दैै आएका छन् । समितिले मण्डीको सरसफाईमा वास्ता नगरेपछि फोहरका डङ्गुरले दुर्गन्ध फैलिएको छ ।
मण्डीमा तरकारी, माछा, मासु बाहेक मदिराका पसल पनि सञ्चालनमा छन् । मण्डीको घेरै व्यवयायी भीमदत्त नगरपालिकाका पसल भाडा लिएर कारोबार गरि रहेका छन् ।
सरसफाईका क्रममा उप मेयर लेखक सहित भीनपा ४ का अध्यक्ष सुशिल कुमार भट्ट, वडा सदस्य, नगरपालिका कार्यालयका कर्मचारी सहभागी भएका छन् । भीमदत्त नगरपालिकामा बजार क्षेत्र सरसफाईका लागि सरसफाई शाखा छ ।
